शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

लम्जुङको राइनासमा मंगोल प्रशिक्षण सम्पन्न

Aneeta Thapa Magar | 1 मार्च 2021

लम्जुङको राइनासमा मंगोल प्रशिक्षण सम्पन्न

लम्जुङ/ मंगोल नेशनल अर्गनाइजेशन लम्जुङ जिल्ला सभाको आयोजनामा फेब्रुअरी २८ को दिनमा लमजुङ जिल्ला अन्तर्गत राईनास नगरपालिका-१४, अल्काटारस्थित तमु समाज भवनमा एक दिने मंगोलवाद बिषयक प्रशिक्षण सम्पन्न भएको छ । मंगोल नेशनल अर्गनाइजेशन लमजुङ जिल्ला सभाका अध्यक्ष विकास गुरुङज्युको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रदेश सभाका सल्लाहकार तथा मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रीकाका संवाददाता देव बहादुर मगर ज्युको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथीहरु मंगोल नेशनल अर्गनाइजेशन सुन्दरबजार नगर सभाका अध्यक्ष कृष्ण बहादुर गुरुङ र सचीव विष्णु गुरुङ हुनुहुन्थ्यो । अन्य अतिथिहरुमा मंगोल नेशनल अर्गनाइजेशन सुन्दरबजार नगर सभाका सदस्य मुम बहादुर गुरुङ, समाजसेवी लालकाजी गुरुङ र उक्त स्थानीय आमा समुहका अध्यक्ष तिर्थ माया गुरुङ हुनुहुन्थ्यो ।विशिष्ट अतिथीज्युहरुले शुभकामना मन्तव्यको क्रममा समग्र नेपाली जन्ताहरु अब अन्य बाहुन क्षेत्रीहरुको प्रपन्चबाट जोगिएर राजनैतिक चेतनशील बन्नु पर्ने कुरा बताउँदै मंगोल नेशनल अर्गनाइजेशन नै यो देशको अन्तिम विकल्प भन्नू भएको थियो । त्यस्तै गरि प्रशिक्षणकै क्रममा प्रमुख अतिथी तथा कार्यक्रमका प्रमुख प्रशिक्षक थापा ज्युले मंगोल नेशनल अर्गनाइजेशन नेपालमा पहिलो पटक लोकतन्त्रको निमित्त मुद्दा दिने, आवाज दिने व्यक्ति दुरदर्शि नेता युगपुरुष अमर ड.गोपाल गुरुङ ज्युले खोल्नु भएको समानता, स्वतन्त्रता र भातृत्वको लागि बुलन्द आवाज उठाउँने र त्यसलाई व्यवहारमा अभ्यास गर्दै आएको संगठन हो भन्दै नेपालको राजनैतिक ईतिहास र समसामयिक घटना, परिघटनाहरुलाई जोडि मंगोलराष्ट्रवाद सम्बन्धि प्रशिक्षण दिदै आसन्न चुनावहरुमा मंगोल नेशनल अर्गनाइजेशनको चुनाव चिन्ह भालेमा मतदान गरि मंगोल नेशनल अर्गनाइजेशनका नेता तथा कार्यकर्ताहरूलाई जिताउन आह्वान गर्नुभएको थियो ।

लम्जुङको राइनासमा मंगोल प्रशिक्षण सम्पन्न

साथै कार्यक्रमका समभाध्यक्ष गुरुङ ज्युले उपस्थित सम्पुर्ण मंगोल समुदायहरुलाई नेपालको असली ईतिहास र मानव अस्तित्वको बारेमा वर्तमान समयमा नबुझीकन मान्छेको रुप लिएर पशुको दर्जा पाएर नबाँचौ भनी मंगोल नेशनल अर्गनाइजेशनको देशमा आमूल परिवर्तनको महान उदेश्य पूरा गर्न समग्र मुलवासी मंगोल समुदायहरुलाई आह्वान गर्नुहुँदै सभा विसर्जन गर्नुभयो । यसरी कार्यक्रम औपचारिकरुपमा प्रमुख अतिथी ज्युद्वारा पाँच क्रान्तिहरुको प्रतिनिधित्व गर्ने पाँचवटा क्यान्डलमा दिप प्रज्ज्वलन गरि उद्घाटन भएर मौन धारण, स्वागत मन्तव्य दिई सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा लमजुङका आशिष् गुरुङ ज्युले गर्नु भएको थियो र सञ्चालन प्रचारप्रसार सचीव रामजी दर्जी ज्युले गर्नुभएको थियोे ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्