mongolvision | 5 फेब्रुअरी 2022
लमजुङ / मंगोल नेशनल अर्गनाइजेशन सुन्दरबजार नगरसभाको आयोजनामा लमजुङ जिल्लाको सुन्दर बजार नगरपालिकाको वडा नं. ४ स्थित सत्र सय फाँटमा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम एम. एन. ओ. सुन्दर बजार नगरसभाका अध्यक्ष कृष्णबहादुर गुरुङको सभाध्यक्षतामा एवं एम. एन. ओ. जिल्ला सभा लमजुङका अध्यक्ष बिकास गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा अतिथि जिल्ला सभा लमजुङका सदस्य आशिष गुरुङले शुभकामना मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथि विकास गुरुङले उपस्थित लोक समुदायलाई मंगोलवाद सम्बन्धी प्रशिक्षण प्रदान गैर्दै मंगोल नेशनल अर्गनाइजेशनको राजनैतिक धारणा, उद्देश्य र एजेन्डाको बारेमा प्रष्ट्याउनुभयो । उक्त कार्यक्रममा स्वागत मन्तव्य नगरसभा सदस्य इन्द्रबहादुर गुरुङ्ले स्वागत मन्तव्य राख्नुभएको थियो सचिव बिष्णु बहादुर गुरुङले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology