बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

लम्जुङको दोर्दि गाउँ पालिकामा एम एनओको कार्यक्रम

mongolvision | 25 फेब्रुअरी 2022

लम्जुङको दोर्दि गाउँ पालिकामा एम एनओको कार्यक्रम


मंगोल नेशनल अर्गनाइजेशन लम्जुङ जिल्ला सभाको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम समान्न भएको छ।
२४ फेब्रुअरी बिहिवार   लमजुङको  दोर्दी गाउँ पालिका वडा नं : ४ को नौ  थर सेरा बजार संगठनका सर्बोच्च सभा सदस्य रिन्छेन तामाङको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि तामाङले सहभागीहरु लाई प्रशिक्षण प्रदान गर्नु भएको थियो । त्यस क्रममा उहाले एम एनओ उदेश्य माथी प्रकाश गर्दै मंगोलबादको बारेमा बताउनु भयो । कार्यक्रममा गण्डकी प्रान्तीय सभाका अध्यक्ष नवीन गुरुङ , सुन्दर बजार नगर अध्यक्ष कृष्ण बहादुर गुरुङ लगायतले आ आफ्नो मन्तव्य राख्नु भएको थियो । लम्जुङ जिल्ला सभाका अध्यक्ष बिकास गुरुङको अध्यक्षता मा भएको कार्यक्रम कै अवसर पारेर भरत  गुरुङको अध्यक्ष २१ सदस्य तदर्थ दोर्दी गाउँ सभा गठन  गरिएको छ । तदर्थ गाउँ सभाको सचिव  राम बहादुर गुरुङ ,  कोषाध्यक्ष कृष्णबहादुर गुरुङ , सह सचिव वीर सुब्बा गुरुङ र
प्रचारप्रसार सचिव  अंश बहादुर तामाङ रहेका छ भने
सदस्यमा  यो बहादुर गुरुङ , सोम बहादुर गुरुङ , रश्मि गुरुङ ,मीन बहादुर गुरुङ , राजु गुरुङ , योज गुरुङ , बिजय गुरुङ , मनोज गुरुङ , नर बहादुर गुरुङ , वीर बहादुर तामाङ , गोरे तामाङ , बुद बहादुर रम्तेल, अश्मित गुरुङ , डिल कुमार गुरुङ , बिष्णु कुमार श्रेष्ठ , सुजन सुनार रहेका छ । जिल्ला सभा सदस्य आशिष् गुरुङले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम प्रेम बहादुर गुरुङले संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्