बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

लमजुङ जिल्लाका विभिन्न स्थानहरुमा दशै बहिष्कार कार्यक्रम सम्पन्न

mongolvision | 16 अक्टोबर 2021

लमजुङ जिल्लाका विभिन्न स्थानहरुमा दशै बहिष्कार कार्यक्रम सम्पन्न


अनिता थापा
१५ अक्टोबर, २०२१ को दिनमा मंगोल नेशनल अर्गनाइजेसनका नेता तथा कार्यकर्ताहरुद्वारा कथित चाड दशै बहिष्कार गरेका छन् । लमजुङ जिल्ला अन्तर्गतका विभिन्न नगरपालिका तथा गाउँपालिकामा औपचारिक कार्यक्रम सन्चालन गरेर तथा परिवारमै रहि मुलवासी मंगोल पुर्खाको गर्दन काटिएको दिनलाई कालो दिनको रुपमा शोक सभा गरेका हुन्  । 
मंगोल नेशनल अर्गनाइजेसन सुन्दरबजार नगर सभाद्वारा आयोजित शोक सभा सुन्दरबजार नगर सभाका अध्यक्ष कृष्ण बहादुर गुरुङको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा लमजुङका अध्यक्ष विकास गुरुङको प्रमुख आतिथ्यतामा पुर्खाहरुको सम्झनामा सम्पन्न भएको हो । कार्यक्रमका विशिष्ट अतिथी मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा लमजुङका प्रचार प्रसार सचीव रामजी दर्जी हुनुहुन्थ्यो । त्यसैगरी अन्य अतिथिहरुमा मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा लमजुङका सदस्यहरु आशिष गुरुङ , विर्ख गुरुङ  पुर्ण बहादुर गुरुङ हुनुहुन्थ्यो  । सभाका सम्पुर्ण अतिथिहरुले मन्तव्य राख्नुभएका थिए  ।
शोक सभाका प्रमुख अतिथी गुरुङले हिन्दु आर्य बाहुन क्षेत्रीहरु सन् १४९५ मा मुलवासी मंगोलहरुको देश नेपालमा प्रवेश गरेपश्चात् संविधान १५५९ मा कपटपूर्ण ढंगले नेपालको राजनैतिक बागडोर आफ्नो हातमा लिएको साथै आर्यहरुको मात्रै जितलाई एकल नश्लवादी हिन्दु आर्य बाहुन क्षेत्रीहरुले मुलवासी मंगोलहरुमाथि सहित जबर्जस्ति लादेका सत्यतालाई प्रष्ट पार्दै दशै बहिष्कार गर्नुको कारणहरु खुलाउनुभएको थियो ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य मंगोल नेशनल अर्गनाइजेसन सुन्दरबजार नगर सभाका सदस्य लालकाजी गुरुङले दिनुभएको थियो भने सन्चालन सभाका सचिवले गर्नुभएको थियो ।

लमजुङ जिल्लाका विभिन्न स्थानहरुमा दशै बहिष्कार कार्यक्रम सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्