शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

लमजुङको राईनास नगरपालिकामा एम. एन. ओ. को वडा सभा

mongolvision | 16 फेब्रुअरी 2022

लमजुङको राईनास नगरपालिकामा एम. एन. ओ. को वडा सभा


          लमजुङ/मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा लमजुङको आयोजनामा राईनास नगरपालिका वडा नं. ६ स्थित लुपु लमजुङमा एक दिने मंगोलवाद सम्बन्धी प्रशिक्षण साथै वडा सभा गठन कार्यक्रम सम्पन्न भएको छ।
          १५ फेब्रुअरी २०२२ का दिन सम्पन्न उक्त कार्यक्रम एम. एन. ओ. लमजुङ सभा अध्यक्ष बिकास गुरुङको सभाध्यक्षता एवं गण्डकी प्रान्तीय सभाका प्रचारप्रसार सचिव भिम बहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बिशेष अतिथि स्याङ्जा जिल्ला सभाका सल्लाहकार दिल प्रसाद गुरुङ रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले मूलबासी मंगोलहरुको अस्तित्व, हक र अधिकार स्थापित गराउनको निम्ति अबको एउटै मात्र विकल्प मंगोल नेशनल अर्गनाइजेशन रहेको कुरा जगजाहेर गराउदै आगामी निर्वाचनमा भाले चिन्हमा मतदान गर्न आव्हान गर्नुभयो । 
             कार्यक्रमकै अवसर पारेर  बृख बहादुर तामाङको अध्यक्षतामा १५ सदस्यीय राईनास-६ वडा सभा गठन भएको छ । सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः बिजय तामाङ, बेन बहादुर तामाङ, लाल बहादुर तामाङ रहनुभएको छ भने 
सदस्यहरुमा अमृत माया तामाङ, दिपक तामाङ ,सोम माया तामाङ , खेम कुमारी तामाङ, शिव लाल तामाङ, रुद्र बहादुर तामाङ , बसन्त तामाङ, कुस माया तामाङ, शमशेर बहादुर तामाङ, सन्त बहादुर तामाङ र अनिता तामाङ रहनुभएको छ ।जिल्ला सदस्य अषिश गुरुङले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रम सचिव कमल राज गुरुङले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्