शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

लमजुङमा एम एनओ संस्थापक युगपुरुष अमर ड.गोपाल गुरुङ ज्युको ८६ औं जन्मोत्सव

Aneeta Thapa Magar | 27 जूलाई 2021

लमजुङमा एम एनओ संस्थापक युगपुरुष अमर ड.गोपाल गुरुङ ज्युको ८६ औं जन्मोत्सव

लमजुङ/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा लमजुङले एम एनओ संस्थापक महामानव युग पुरुष अमर ड.गोपाल गुरुङ ज्युको ८६ औं जन्मोत्सव कार्यक्रम लम्जुङ जिल्ला अन्तर्गत बेशीशहर नगरपालिकामा रहेको थोराङ ला गेष्ट हाउसको सेमिनार हलमा अत्यन्तै हर्ष र उमंगका साथ सभ्य र भव्य रुपमा सम्पन्न गरेको छ ।

मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा लमजुङको आयोजनामा सभा अध्यक्ष बिकास गुरुङ र मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रदेश सभाका सदस्य कुल कुमारी गुरुङको प्रमुख आतिथ्यतामा महामानव युग पुरुष अमर ड.गोपाल गुरुङ ज्युको ८६ औं जन्मोत्सव कार्यक्रम अत्यन्तै हर्ष र उमंगका साथ सभ्य र भव्य रुपमा सम्पन्न भएको हो । त्यस्तैगरि विशिष्ट अतिथिमा गण्डकी प्रदेश सभाका सदस्य पदम माया गुरुङ र अन्य अतिथिमा मंगोल नेशनल अर्गनाइजेशन सुदर बजार नगरपालिका सभाका अध्यक्ष कृष्ण बहादुर गुरुङ हुनुहुन्थ्यो ।

कार्यक्रमका अतिथि मंगोल नेशनल अर्गनाइजेशन सुन्दर बजार नगरपालिकाका अध्यक्ष कृष्ण बहादुर गुरुङ, जिल्ला सदस्य राज गुरुङ र प्रमुख अतिथि ज्युले मन्तव्य राख्नुभएको थियो । प्रमुख अतिथी गुरुङ ज्युले मंगोल नेशनल अर्गनाइजेशनका फाउण्डर प्रेसिडेन्ट ड.गोपाल गुरुङको दर्शन र सिद्धान्तमा अडिग भएर अगाडि बढेको खण्डमा ढिला भए पनि यहाँका मुलवासी मंगोलहरुको जित सुनिश्चित रहेको र त्यसको लागि त्याग, तपस्या र धैर्यताको आवश्यकता रहेको साथै मुलवासी मंगोलहरु पुर्ण रुपमा सक्षम हुँदै र आफ्नो मुलुकको शासन सत्ता सम्हाल्न तयार भइरहेको कुरा जोडि यिनै बिषयमा उपस्थित सम्पूर्णमा विश्वस्त रहन अनुरोध गर्नु भएको थियोे ।

त्यसैगरि कार्यक्रमका सभा अध्यक्ष गुरुङ ज्युले महामानव युग पुरुष अमर ड.गोपाल गुरुङले मुलवासी मंगोलहरुको मुक्ति निम्ति गर्नु भएको त्याग, तपस्या र योगदान साथै वहाँले भोग्नुपरेको दु:ख कष्ट बारेमा चर्चा गर्नुहुँदै युग पुरुष ड.गोपाल गुरुङ ज्युको जन्मदिन ऐतिहासिक रहेको र हामिले हर्षोउल्लासका साथ मनाउनुपर्छ र उहाँको दर्शन र उहाँलाई विश्व जगतमा चिनाउन अहोरात्र हामी खट्नुपर्छ भन्नू हुँदै मंगोल मुक्तिको यात्राका लागि यी पाईलाहरु कहिल्यै थाक्नु दिनु हुँदैन भनी प्रेरणा दिदै सभा विसर्जन गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा लमजुङका प्रचारप्रसार सचिव रामजी दर्जी ज्युले गर्नु भएको थियो । कार्यक्रम सञ्चालन मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा लमजुङका कोषाध्यक्ष धन कुमार गुरुङ ज्युले गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्