Laasim Hang Mongol | 25 अप्रिल 2019
लमजुङ/ मंगोल नेसनल अर्गनाइजेशन जिल्ला सभा लमजुङको आयोजनामा बेसिसहर नगरपा - 7 मनाङ्गे चौतारामा कार्यकर्ता भेटघाट तथा प्रसिक्षण कार्यक्रम जिल्ला अध्यक्ष बिकाश गुरुङको अध्यक्षता तथा केन्द्रीय प्रेसिडेण्ट बुद्धलाल मेचेको प्रमुख आतिथ्यतामा सप्पन्न भएको छ । कार्यक्रम दिवाकालिन समयमा थ्रीङ्ग पिक गेष्ट हाउसको सभा हलमा सप्पन्न भएको थियो । त्यसैतै कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी मेचेले अबको शक्ति एमएनओ भएको र अब हामीले आफ्नो संस्कार खोज्नु पर्ने जस्ले गर्दा हामीलाई अन्तर्राष्ट्रिय जगत सङ्ग नजिक बनाउने कुरा बताउनु भएको छ । साथै अबको समय भनेको साहसको भएकोले निडर, साहसी भएर आउन पनि आह्वान गर्नु भएको छ । त्यसैगरी बिशिष्ट अतिथी केन्द्रीय सदस्य तथा आर्थिक बिभाग सदस्य सोम गुरुङ रहनु भएको थियो भने कार्यक्रमलाई सम्बोधन गर्दै अब मंगोल रिसर्च सेन्टर निर्माणका लागि सबैले सहयोग गरिदिनुहुन अनुरोध गर्नु भएको भयो। उक्त कार्यक्रममा अन्य अतिथीहरुमा संगठनका केन्द्रीय सदस्य कुमार गुरुङ, केन्द्रीय सदस्य आयुष मंगोलल र गोर्खा जिल्ला सदस्य तेम्बा ग्याल्छेन लगायत रहनु भएको थियो ।
मंगोल र मूलवासी शव्दलाइ माया गर्न र प्रयोगमा ल्याउनु पर्ने कुरामा अतिथी आयुष मंगोलले जोडदिनु भयो । त्यस्तै मन्तव्यकै क्रममा अतिथि कुमार गुरुङले एमएनओमा आवद्ध हुन आह्वान गर्नु भएको भियो । लमजुङ जिल्ला सदस्य कमल राज गुरुङको स्वागत मन्तव्य संगै शुरूवात भएको कार्यक्रम जिल्ला सचिव प्रेम बहादुर गुरुङले सन्चालन गर्नु भएको थियो । प्रशिक्षण कार्यक्रमकै बीच मंगोल रिसर्च सेन्टर निर्माणार्थ पुर्व जिल्ला कोषाध्यक्ष हेम कुमारी गुरुङ ज्युले नगत रु 25000/- प्रमुख अतिथि ज्युलाई हस्तान्तरण गरि सहयोग गर्नु भएको छ भने सुन्दर बजार नगरपालिका वडा नम्बर पाँच बजारकोटका मंगोलप्रेमी मम बहादुर गुरुङले पनि मंगोल रिसर्च सेन्टर निर्माणका लागि पाँच हजार सहयोगको प्रतिबद्धता गर्नु भएको छ ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology