बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

लमजुङमा मंगोल राष्ट्रवाद सम्बन्धि एकदिने प्रशिक्षण सम्पन्न

Bimala Saaru Magar | 22 सेप्टेम्बर 2019

लमजुङमा मंगोल राष्ट्रवाद सम्बन्धि एकदिने प्रशिक्षण सम्पन्न

लमजुङ/ मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा लमजुङको आयोजनामा बेसीशहर नगरपालिका वडा न:5 नल्मामा मंगोल राष्ट्रवाद सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सप्पन्न भएको छ।

        september 21 का दिन जिल्ला सभा अध्यक्ष बिकाश गुरुङको अध्यक्षता तथा केन्द्रीय सदस्य कुमार गुरुङको प्रमुख अतिथ्यतामा र केन्द्रीय सदस्य आयुष बिकको बिशिष्ट अतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा एमएनओ पाँच वटा क्रान्ति स्वरुप पाँच वटा दीप बलेर उदघाट्न गरिएको थियो भने स्वागत मन्तव्य जिल्ला सह- सचिव लाल बहादुर गुरुङ्ले दिनु भएको थियो । उक्त कार्यक्रममा कोषाध्यक्ष धन कुमार गुरुङ, वडा नम्बर ५ का अध्यक्ष कटक राज गुरुङ र वडा सचिव कन्या गुरुङको उपस्थिति रहेकोे थियो ।

लमजुङमा मंगोल राष्ट्रवाद सम्बन्धि एकदिने प्रशिक्षण सम्पन्न

   कार्यक्रममा सम्पुर्ण अतिथिहरुले एमएनओको बारेमा आ-आफ्नो विचार राख्नु भएको थियो । कार्यक्रमको विशिष्ट अतिथी आयुष बिक ले उपस्थित लोकसमुदायलाई प्रशिक्षण प्रदान गर्नुहुँदै जाति, पार्टी र धर्मको आधारमा नटुक्रीन पनि आग्रह गर्नु भएकोे थियो । कार्यक्रमका प्रमुख अतिथी कुमार गुरुङले समसमयिक विषयलाई मध्यनजर गर्दै तत्कालीन राजनीति भनेको मंगोलहरुलाई छुट्टाउने र फुटाउने मात्रै भएको कारणले गर्दा विभिन्न भ्रममा नपरी एमएनओमा आवद्ध हुन आग्रह गर्नु भएको थियो । कार्यक्रमको सभाध्यक्षले उपस्थित मंगोलहरुलाई विदेशी हिन्दु शरणार्थी बाहुन क्षेत्रीहरुको दसत्वबाट भाबी सन्ततिलाई मुक्त गराउन एमएनओमा आबद्ध भइ सक्दो सहयोग गर्न आग्रह गर्नु भएको थियो भने कार्यक्रम जिल्ला सभाका सदस्य कमल राज गुरुङले सन्चालन गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्