Aneeta Thapa Magar | 9 अगस्ट 2021
लमजुङ/ मंगोल नेशनल अर्गनाइजेशन सुन्दरबजार नगर सभाको आयोजनामा २७ औं विश्व मुलवासी दिवस ( 27th World Indigenous day) तथा एकदिने मुलवासी मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सौहार्दपुर्ण वातावरणमा हर्षोल्लासका साथ सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।
मंगोल नेशनल अर्गनाइजेशन सुन्दरबजार नगर सभाका अध्यक्ष कृष्ण बहादुर गुरुङ ज्युको सभाध्यक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रदेश सभाका सल्लाहकार देव थापा मगर ज्युको प्रमुख आतिथ्यतामा ९ अगस्ट, २०२१ को दिनमा लमजुङ जिल्ला अन्तर्गत सुन्दर बजार नगरपालिका वडा नम्बर २, परेवा डाँडामा सौहार्दपुर्ण वातावरणमा हर्षोल्लासका साथ २७ औं विश्व मुलवासी दिवस (World Indigenous day) तथा एकदिने मुलवासी मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सभ्य र भव्यरुपमा सफल भएको हो । उक्त कार्यक्रमका विशिष्ट अतिथि मंगोल नेशनल अर्गनाइजेशन, जिल्ला सभा लमजुङका अध्यक्ष विकास गुरुङ रहनुभएको थियो । अन्य अतिथिहरुमा मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा लमजुङका प्रचारप्रसार सचीव रामजी दर्जी, सदस्यहरु पुर्ण बहादुर गुरुङ, भिम बहादुर गुरुङ र आशिष गुरुङ हुनुहुन्थ्यो ।
कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरुले २७ औं मुलवासी दिवसको अवसरमा शुभकामना दिनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथीले उपस्थित सम्पुर्णलाई मंगोलवाद दर्शन सम्बन्धि प्रशिक्षण प्रदान गर्नुहुदै युग पुरुष अमर ड.गोपाल गुरुङको मंगोलवाद दर्शन पाउनु भनेको अन्धोले आँखा दान पाउनु जतिकै हो साथै वर्तमान समयमा देखिएको समस्या र मुलवासी मंगोलहरुले भोग्नुपरेको दु:ख जुन आज के खाउ भोलि के खाउ भन्ने अवस्थाको समस्याबाट मुक्ती पाउनको लागि ड.गोपाल गुरुङ ज्युको मंगोलवाद दर्शनलाई अगाल्नु बाहेक विकल्प नरहेको विषयलाई प्रष्ट्याउदै आसन्न निर्वाचनमा मंगोल नेशनल अर्गनाइजेशनलाई मुल घर सम्झी साथ सहयोग गर्न आह्वान गरी २७ औं विश्व मुलवासी दिवसको शुभकामना दिनुभएको थियो । त्यस्तै गरि कार्यक्रमका विशिष्ट अतिथी गुरुङ ज्युले विश्व मुलवासी दिवस( World indigenous day) लाई महत्व नदिई अन्य विभिन्न दिवसहरुमा सार्वजनिक विदा दिएजस्तै गरि विदा नगर्नुको कारण यो देशका शासन सत्तामा रहेका शासकहरु कुनै काल खण्डमा नेपालमा भित्रिएका हिन्दु आर्य शरणार्थी बाहुन क्षेत्री भएकै कारण हो जसलाई यो देशका ८० प्रतिशत अहिन्दु मुलवासी मंगोल देखि र मुलवासी शब्द देखि एक किसिमको एलर्जी छ । पहिले हामीले शब्दको असर थाहा नहुदा बाहुन क्षेत्रीले हामीमाझ अनुसारकै मुलवासी दिवसको सत्ता आदिवासी दिवस भनी व्यापक प्रचार गरेतापनी अब हामीले मुलवासी दिवसको रुपमा हर्षोल्लासका साथ मनाउनुपर्छ भन्नू हुँदै शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमका सभाधक्ष्य गुरुङ ज्युले सम्पुर्णलाई धन्यवाद ज्ञापन गरि कार्यक्रम सभ्य र भव्यरुपमा हर्षित भइ सभा विसर्जन गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य मंगोल नेशनल अर्गनाइजेशन सुन्दर बजार नगर सभाका सदस्य लालकाजी गुरुङ ज्युले दिनुभएको थियो भने सञ्चालन सचिव विष्णु बहादुर गुरुङ ज्युले गर्नुभएको थियोे ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology