Anita Thapa Magar | 29 मे 2019
लमजुङ / तदानुसार 28 May, 2019 गाउँ गाउँ जाउ मूलबासी मंगोल जगाउ अस्तित्व बचाउ अभियानलाई आत्मसाथ गर्दै मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा लमजुङको आयोजनामा राइनस वडा न. १०, प्रन्तुसोरा लमजुङमा, राइनास नगर सभाका अध्यक्ष राम बहादुर गुरुङको सभाधक्ष्यतामा र केन्द्रिय सदस्य तथा आर्थिक विभागका सदस्य सोम बहादुर गुरुङ ज्यु को प्रमुख आतिथ्यतामा उहाँ द्वारा एकदिने मूलवासी मंगोल प्रशिक्षण तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रम पश्चात् टेक बहादुर गुरुङको अध्यक्षतामा 9 सदस्यीय राइनास नगरपालिका - १० वडा सभा गठन भएको छ । सचिवमा रनमाया गुरुङ, कोषाध्यक्षमा चोक बहादुर गुरुङ, सह-सचिवमा टेकराज गुरुङ, प्रचारप्रसार सचिवमा धनमाया गुरुङ निर्वाचित भएका छन् भने सदस्यहरुमा भिमराज गुरुङ, धन बहादुर गुरुङ, माया गुरुङ, मनिता गुरुङ, विष्णु बहादुर गुरुङ हुनुहुन्छ । कार्यक्रम लमजुङ जिल्ला सभाका अध्यक्ष विकास गुरुङ ज्यु ले सञ्चालन गर्नुभएको थियो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology