बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

लमजुङमा राइनस नगर सभा गठन ।

Anita Thapa Magar | 29 मे 2019

लमजुङमा राइनस नगर सभा गठन ।

लमजुङ / तदानुसार 27 May, 2019 मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा लम्जुङको आयोजनामा राइनस वडा न. १०, लम्जुङमा केन्द्रीय सदस्य तथा आर्थिक विभागका सदस्य सोम बहादुर गुरुङ ज्यु द्वारा एकदिने मूलवासी मंगोल प्रशिक्षण तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख प्रशिक्षक ज्यु ले नेपालको असली इतिहास बारे प्रष्ट पार्नुभएको थियो । साथै हामी अस्तित्व बिहिन जीवन जिउनु भनेको पशुतुल्य जीवन जिउनु हो भन्दै मंगोल नेशनल अर्गनाइजेशन को बारेमा प्रष्ट पार्नुभएको थियो ।

लमजुङमा राइनस नगर सभा गठन ।

 उक्त कार्यक्रम पश्चात् वीर बहादुर गुरुङ ज्यु को संयोजकत्वमा राम बहादुर गुरुङको अध्यक्षतामा 16 सदस्यीय राइनास नगर सभा गठन भएको छ । सचिवमा खेमराज गुरुङ, कोषाध्यक्षमा टेकराम गुरुङ, स-सचिवमा रन बहादुर गुरुङ, प्रचारप्रसार सचिवमा पौराज गुरुङ, निर्वाचित भएका छन् भने सदस्यहरुमा होमराज गुरुङ, धनराज गुरुङ, चमर सिंह गुरुङ, देवराज गुरुङ, पुर्णराज गुरुङ, कुमार गुरुङ, सन्दीप गुरुङ, याम बहादुर गुरुङ, रेखा माया गुरुङ, कृष्ण माया गुरुङ हुनुहुन्छ । सल्लाहकारको रुपमा वीर बहादुर गुरुङ र ठाकुर प्रसाद गुरुङ हुनुहुन्छ । कार्यक्रम सञ्चालन तथा स्वागत मन्तव्य लम्जुङ जिल्ला अध्यक्ष विकास गुरुङले गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्