शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचिनगर 3 मा प्रशिक्षण तथा टोल सभा गठन

Mongol Vision | 10 अक्टोबर 2020

मेचिनगर 3 मा प्रशिक्षण तथा टोल सभा गठन


झापाा/मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर नगरसभाको आयोजनामा मेचिनगर -३ स्थित शान्ति सुन्दर टोलमा एकदिने मुलबासी मंगोल विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम एम.एन.ओ. मेचिनगर अध्यक्ष सागर मंगोलको सभाध्यक्षतामा एवं एम.एन.ओ केन्द्रिय सचिव सन्तोष तामाङ ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रशिक्षक समेत रहनुभएका तामाङले मानव उत्पत्ति र अस्तित्व , आदिवासी , जनजाती र दलितको विषयमा प्रष्ट्याउदैँ हामी मुलबासी मंगोल भएको कारणले आफ्नो मुल घर मंगोल नेशनल अर्गनाईजेशनमा आवद्ध हुन सम्पुर्णमा आव्हान गर्नुभयो । साथै उहाँले मुलबासी र मंगोल शब्दलाई संवैधानिक रुपमा सुनिश्चित नगरेसम्म हामी अधिकार विहिन भैरहने हुदाँ यो समय भने निर्णायक वैचारिक युद्ध लडनुपर्ने समय हो भन्ने कुरामा जोड दिनुभयो । कार्यक्रमकै अवसर पारेर छत्र बहादुर दर्जीको अध्यक्षतामा १५ सदस्यीय टोलसभा गठन गरिएको छ । जसको सचिव, कोषाध्यक्ष र सहसचिवमा विना राई, पुर्ण चन्द्र राई, निलकुमारी तामाङ रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा प्रविण दर्जी, ललित उराऊ, शुक बहादुर तामाङ, मिना तामाङ, प्रेम दर्जी, निशा तामाङ, मनुमती राई, विशु मुर्मु, दिल बहादुर तामाङ, जश बहादुर याक्खा र सागर राई रहनु भएको छ । नवगठित सभाका सम्पुर्ण पदाधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि तथा प्रशिक्षक तामाङले सपथ ग्रहण गराउँनुभएको थियो । स्थानीय लोक समुदायको सौहार्दपुर्ण उपस्थितिमा सम्पन्न कार्यक्रम मेचिनगर सचिव सिनारा मेचेले सञ्चालन गर्नुभएको थियो भने स्थानीय मंगोल शुभेच्छुक सन्तोष तामाङले स्वागत मन्तव्य राखेका थिए ।

मेचिनगर 3 मा प्रशिक्षण तथा टोल सभा गठन

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्