मङ्गलबार 7 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचिनगर-5 पशुपति टोलमा मंगोल प्रशिक्षण सम्पन्न

Seenara Mongol Meche | 20 मार्च 2021

मेचिनगर-5 पशुपति टोलमा मंगोल प्रशिक्षण सम्पन्न

झापा/ मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर नगर सभाको आयोजनामा र प्रवास सभा युएईका अध्यक्ष अमर धिमालको विशेष पहलमा मेचिनगर-5 स्थित पशुपति टोलमा एकदिने मुलवासी मंगोल विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

२० मार्च २०२१ सनिवारको दिन संगठन बिस्तार संगै जनतालाई राजनीतिक चेतनशील बनाउने अभियानको क्रममा स्थानीय एम एनओ सुभचिन्तक दल बहादुर मगरको सभाध्यक्षतामा एवं संगठनका बरिस्ठ केन्द्रीय सदस्य सान्तिलाल धिमाल ज्युको प्रमुख आतिथ्यतामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । एम एनओ मेचिनगर नगर सभा सचिव सिनारा मेचेले उपस्थित स्थानीय लोकसमुदायहरुलाई मानव अस्तित्व, उत्पत्ति साथै मुलुकमा शब्दरुपि हतियारको रुपमा प्रहार भैरहेको आदिवासी, जनजातिको साब्दिक अर्थ र त्यसको असरको विषयमा लिखित तथा मौखिक रुपमा प्रष्ट्याउनु भयो भने कार्यक्रमका विशिष्ट अतिथि साथै प्रमुख प्रशिक्षकको रुपमा रहनुभएको एम एनओ १ नम्बर प्रदेस सभा सचिब सागर राईले डा.गोपाल गुरुङ ज्युको परिचय, योगदान, एम एनओको उद्देश्य र संगठनले हासिल गरिसकेको उपलब्धि हरुको बिसयमा लिखित, मौखिक रुपमा जानकारि गराइदिनुभएको थियो।

मेचिनगर-5 पशुपति टोलमा मंगोल प्रशिक्षण सम्पन्न

कार्यक्रमका विशिष्ट अतिथिको रुपमा १ नम्बर प्रदेश सभा सदस्य देब धिमाल र अथितिको रूपमा प्रवास सभा अध्यक्ष अमर धिमाल रहनुभएको थियो। प्रमुख अतिथिले संगठनको ऐतिहासिक पृष्ठभुमि र बिगतमा गर्नुपरेको संघर्षको विषयमा मन्तव्य राख्नुभएको थियो। मेचिनगर नगर सभा अध्यक्ष सागर मंगोल, प्रचारप्रसार सचीव खम बहादुर राई र सदस्य बिर बहादुर तामाङको पनि उपस्थिति रहेको कार्यक्रमलाई मेचिनगर नगर सभा सदस्य किसोर धिमालले सञ्चालन गर्नुभएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्