आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचिनगर 8 मा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण साथै वडा सभा गठन

Mongol Vision | 6 अक्टोबर 2020

मेचिनगर 8 मा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण साथै वडा सभा गठन

झापा / मंगोल नेशनल अर्गनाईजेशन मेचिनगर नगरसभाको आयोजनामा मेचिनगर -८ स्थित टोक्ला टि स्टेटमा एकदिने मुलबासी मंगोल विषयक प्रशिक्षण सम्पन्न भएको छ । उक्त कार्यक्रम एम.एन.ओ मेचिनगर नगरसभाका अध्यक्ष सागर मंगोलको सभाध्यक्षता एवं संगठनका केन्द्रिय सचिव सन्तोष तामाङ ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथिमा एम.एन.ओ केन्द्रिय सदस्य दिलवरी राई रहनुभएको थियो । त्यसैगरी अतिथिहरुमा क्रमशः एम.एन.ओ वैकल्पिक केन्द्रीय सदस्य देवेन्द्र साम्पाङ, झापा जिल्ला सभाका प्रचारप्रसार सचिव भरत राई, जिल्ला सदस्य मान बहादुर बराईली र राम वि.क रहनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि तामाङले उपस्थित भेलालाई लिखित तथा मौखिक रुपमा प्रशिक्षण प्रदान गर्नुहुँदै मानव उत्पत्तिको , आदिवासी, जनजाती, मूलवासी, मंगोल र दलितको विषयमा प्रष्टयाउनु भयो साथै उहाँले अबको समयमा आफ्नो र भावी सन्ततीको उज्ज्वल र सुनिश्चित भविष्यको निमित्त आफ्नो अस्तित्व चिनेर मुलबासी मंगोल भएर अगाडि बढ्नु पर्ने र मुलुकमा दिगो शान्ति र विकासका लागि अबको समयमा आफ्नो अमुल्य मत मंगोल नेशनल अर्गाइजेशनमा दिनुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रमकै अवसर पारेर विष्णु उराऊ ज्युको अध्यक्षतामा २४ सदस्यीय कार्यसमिति चयन भएको छ । जसको सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः दिपेन राई, आइतीमाया तामाङ, भरत वि.क चयन भएको छ । त्यसैगरी सदस्यहरुमा अखम तामाङ, ढकल बहादुर तामाङ, डम्बर बहादुर तामाङ, सन्तोष धिमाल, प्रेम कुमार राई, बुद्रुम खडिया, कुमार गहतराज, रविलाल उराऊ, जितेन्द्र धिमाल, उज्ज्वल पोर्तेल, ध्रुव गुरुङ, मुकेश राई, निमा तामाङ, अपिक्षा बराईली, वेद बहादुर तामाङ, सन बहादुर तामाङ, हेम बहादुर तामाङ, सिंह बहादुर तामाङ, सरोज बान्तवा, र अम्बर बहादुर तामाङ रहनुभएको छ । नवगठित वडा सभाका पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं प्रशिक्षक सन्तोष तामाङले सपथ ग्रहण गराउनुको साथै सफल कार्यकालको शुभकामना पनि प्रदान गर्नुभएको थियो भने एम.एन.ओ मेचिनगर सभा सदस्य किशोर धिमालले सञ्चालन गरेको उक्त कार्यक्रममा अशोक कुमार तामाङले स्वागत मन्तव्य राखेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्