बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचिनगर 9 मा प्रशिक्षण तथा एम.एन.ओ. टोल सभा गठन

Mongol Vision | 16 अक्टोबर 2020

मेचिनगर 9 मा प्रशिक्षण तथा एम.एन.ओ. टोल सभा गठन


        झापा / मंगोल नेशनल अर्गनाईजेशन मेचिनगर नगरसभाको आयोजनामा साकेला टोल सभा, मेचिनगर-९ का अध्यक्ष सुरेश राई ज्युको अध्यक्षतामा एवं एम. एन. ओ. केन्द्रिय सदस्य श्याम लिम्बु ज्युको प्रमुख आतिथ्यतामा मेचिनगर-९ स्थित गुम्बा टोलमा एकदिने मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । कार्यक्रममा एम. एन. ओ. मेचिनगर अध्यक्ष सागर मंगोल अतिथि तथा प्रशिक्षकका रुपमा रहनु भएको थियो । मानव उत्पत्ति, अस्तित्व र पहिचानका विषयमा प्रस्ट्याउँदै उहाँले राज्यबाट मुलबासी र मंगोल शब्दलाई दबाउनकै लागि उपेक्षा र षड्यन्त्रपुर्वक आदिवासी, जनजाती, दलित जस्ता शब्दहरुको संज्ञा लादिएको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथिद्वय श्याम लिम्बुले मंगोल नेशनल अर्गनाइजेशन यहाँको मुलबासी मंगोलहरुको साझा घर भएकाले अबको समय आफ्नो हक र अधिकार स्थापित गराउँनको निम्ति अन्तिम र आखिरी विकल्प भएकाले  एम. एन. ओ. मा संगठित हुनुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रमकै अवसर पारेर देव बहादुर तामाङको अध्यक्षतामा १५ सदस्यीय टोलसभा गठन गरिएको छ । सभामा सचिव, कोषाध्यक्ष, सहसचिव, प्रचारप्रसार सचिवमा क्रमशः गणेश तामाङ, अमृत तामाङ, रोशन नेम्बाङ, मिरा तामाङ रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा रेनुका तामाङ, कमल तामाङ, नर बहादुर दलान, पेम्बा तामाङ, वर्षा तामाङ, गिता लिम्बु, सौगात तामाङ रहनुभएको छ भने सल्लाहकारमा कुमार तामाङ र लासाङ तामाङ रहेका छन । सभाका पदाधिकारीहरुलाई सपथ ग्रहण कार्यक्रमका प्रमुख अतिथिले गराउनुभएको थियो । स्थानीय लोक समुदायहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य साकेला टोल सभाका सचिव सुवास राईले राख्नु भएको थियो भने एम. एन. ओ. मेचिनगर सचिव सिनारा मेचेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

मेचिनगर 9 मा प्रशिक्षण तथा एम.एन.ओ. टोल सभा गठन

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्