शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचिनगर आठ धिमाल बस्ती मंगोलमय बन्दै

Lassim Hang Mongol | 31 अगस्ट 2019

मेचिनगर आठ धिमाल बस्ती मंगोलमय बन्दै

३१ अगस्त २०१९

झापा/ मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर नगर सभाको सक्रीयतामा मेचिनगर आठ स्थित धिमाल बस्तीमा एकदिने मंगोल राष्ट्रवाद समन्धी एकदिने बन्द प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आज 31 अगष्ट शनिबारका दिन मेचिनगर सभा अध्यक्ष सागर दर्जिको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । मेचिनगर वडा आठ नम्बरमा तराईका मूलवासी मंगोल समुदाय धिमालहरुको बाहुल्यता रहेको छ । कार्यक्रममा अध्यक्ष सागर दर्जीले मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण प्रदान गर्नु भएको थियो । लिखित साथै मौखिक रुपमा प्रशिक्षण प्रदान हुँदै उहाँले मानव अस्तित्व लगायत सांगठनिक विषयमा प्रशिक्षण प्रदान गर्नुभयो । नेपाल आज लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयतामा दौडिनुमा एकमात्र लोकतान्त्रीक संगठन मंगोल नेशनल अर्गनाइजेशनको प्रमुख शक्ति रहेको उहाँले बताउनु भयो । कार्यक्रममा मेचिन नगर सभाका सक्रीय सदस्य एवम वडा आठका स्थानिय वासिन्दा किशोर धिमालले पनि मन्तव्य राख्नु हुँदै हामी मूलवासी मंगोलहरुको मुक्तिको अन्तिम विकल्पनै मंगोल नेशनल अर्गनाइजेशन मात्र रहेको कुरा बताउनु हुँदै एमएनओमा आबद्ध भएर आफ्नो अस्तित्वको निमित्त एकजुट हुन सबैलाई अनुरोध गर्नु भएको थियो भने कार्यक्रम नगर सदस्य नरबहादुर राईले सन्चालन गर्नु भएको थियो । उक्त प्रशिक्षण कार्यक्रम पछि आमूल परिवर्तन चाहाने हो भने त्यो परिवर्तन गराउने क्षमता एमएनओ मा मात्रै रहेको स्थानीयले बताए ।

मेचिनगर आठ धिमाल बस्ती मंगोलमय बन्दै

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्