शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेची नगर १५ को वाड अधिबेशन सम्पन्न

mongolvision | 1 अप्रिल 2022

मेची नगर १५ को वाड अधिबेशन सम्पन्न


झापा/ मंगोल नेशनल अर्गनाइजेसन मेची नगर १५ वाड सभाको प्रथम ऐतिहासिक  अधिबेशन सम्पन्न भएको छ ।
१  अप्रिल २०२२ शुक्रबार को दिन  मेचिनगर १५ स्थित भागागोलामा  प्रथम ऐतिहासिक अधिबेशनको खुल्ला घोषणा सभा हो  ।  प्रथम ऐतिहासिक अधिबेशनको मुल आयोजक सभाका संयोजक हिमाल मेचे को सभाअध्यक्षता र संगठनका केन्द्रीय सचीव सन्तोष तामाङ ज्यु को प्रमुख आतिथ्यता मा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको बिशिस्ट अतिथी मा १ न प्रान्तीय सभा  सदस्य देवनारायण धिमाल रहनु भएको थियो भने अतिथीहरु झापा जिल्ला सभाअध्यक्ष बानिरा मेचे,काेष अध्यक्ष विरबल योङहाङ,सदस्य सिखा लिम्बू,मेचिनगरसभा सचीव किशोर धिमाल रहनु भएको थियो ।
अधिबेशन को बन्द सत्र मार्फत दिलिप राजबंशि को अध्यक्षता मा १७  सदस्यीय वाड सभा सर्बसहमतीमा चयन भएको छ । वाड सभाको सचीव ,काेषाध्यक्ष, सह-सचीव र प्रचार सचीव मा क्रमशः दुन राजबंशि,फुलकुमारी राजबंशि,टिकाराम मेचे र सुदन राजबंशि रहनु भएको छ भने सदस्यहरुमा भेली राजबंशि,सुकलाल टुडु, लादाङ राजबंशि, सबिना मेचे,पदम बहादुर तामाङ,रबिलाल चौधरी ,मोहनसिंह राजबंशि,गोविन वराइ ,झरेन राजबंशि,दिक्पाल राजबंशि  सल्लाहकार मा हिलाम मेचे र चैतुलाल मेचे रहनु भएको छ।नव निर्बाचित वाड सभाका पदाधिकारीहरु लाई कार्यक्रम का प्रमुख अतिथि तामाङले  पद तथा गोपनियताको  सपथ ग्रहण गराउनु भएको थियो। नवनिर्वाचित अध्यक्ष दिलिप राजबंशि ले प्रतिवद्दता मन्तव्य राखेको राख्नु भयो ।
अधिबेशन कार्यक्रम लाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथी ले मंगोल नेशनल अर्गनाइजेशन दिन दुई गुणा रात चार गुणा हुँदै तिब्र रुपमा अघि बढी रहेको बताउनु भयो। नेपाल को एकमात्र असली लोकतन्त्रवादी संगठन एम.एन.ओ. रहेकोले यसलाई शासनसत्ता मा पुर्याउन सबै जनता ले अब हुने प्रत्येक चुनाव मा कुखुराको भालेमा भोट दिन आव्हान गर्नु भयो।कार्यक्रममा बिशिस्ट अतिथि १ न प्रान्तीय सभा सदस्य देब नारायण धिमाल , जिल्ला सभा झापाका कोषाध्यक्ष वीर बल योङ्हाङ , सदस्य शिखा लिम्बु , मेची नगर सभा सचिब किशोर धिमाल , वाड न २ , ३,४,७,९,र १३ का वाड अध्यक्षहरु क्रममा  पुर्णहाङ लिम्बू,खगेन्द्र तामाङ,काजिमान आले,मिङमा तामाङ,देव बहादुर तामाङ र मोहन लिम्बू लगायतले सुभकामना मन्तब्य राख्नु भएको थियो। कार्यक्रम मा स्थानीय कलाकार बहिनीहरु ले मंगोल गित र  अन्य लोकगित हरु मा प्रस्तुति राखेर  कार्यक्रम लाई थप आकर्षक बनाएका थिए।चैतुलाल मेचे ले स्वागत मन्तव्य राखेको कार्यक्रम लाई मेचिनगरसभा  अध्यक्ष  सिनारा मेचे ले  संचालन गरेकि  थिइन्।

मेची नगर १५ को वाड अधिबेशन सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्