बुधबार 15 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचिनगर १४ मा एम. एन. ओ.

mongolvision | 13 मार्च 2022

मेचिनगर १४ मा एम. एन. ओ.


झापा/ मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर नगरसभा को आयोजनामा मेचिनगर -१४ कलमवारी,भुजेल  गाउँ मा एकदिने मुलवासी मंगोल विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। 
१२ मार्च २०२२ का दिन मेचिनगर सभाअध्यक्ष सिनारा मेचेको सभाअध्यक्षतामा एवं  जिल्ला सभा झापाका सचीव सागर दर्जीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
प्रमुख अतिथीले उपस्थित लोकसमुदाय लाई मानव उत्पत्ति, मानव अस्तित्व र मंगोल नेशनल अर्गनाइजेशनको ऐतिहासिक पृष्ठभुमि, नेपाली राजनीतिक परिवर्तनमा एम.एन.ओ. को भुमिका र मुलुकको वास्तविक विकास र निकास को निम्ति अब जनताले एम.एन.ओ. लाई रोज्नु को विकल्प नरहेको बताउँदै कहिले जातजाती को नाममा त कहिले पार्टी  को नाममा टुक्रिएर छिन्नभिन्न भएको मंगोल समाज लाई मंगोल नेशनल अर्गनाइजेशनले एकबद्द बनाउने अभियानमा लागि रहेकोले यो महान अभियानमा कोहि पनि छुट्न नहुने बताउनुभयो । 
 कार्यक्रमकै अवसर पारेर आकाश भुजेलको संयोजकत्वमा १० सदस्यीय मेचिनगर-१४ तदर्थ वडा सभा गठन भएको छ । मेचिनगर- १५ वडा सभाका सभाअध्यक्ष हिमाल मेचेले स्वागत  मन्तव्य राखेको उक्त कार्यक्रम नगर सचिव किशोर धिमालले  संचालन गरेका थिए।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्