मङ्गलबार 30 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचिनगर-९ मा एम.एन.ओ. को टोलसभा

mongolvision | 28 मार्च 2022

मेचिनगर-९ मा एम.एन.ओ. को टोलसभा


झापा/  मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर नगरसभा र  वडा सभा ९ को संयुक्त आयोजनामा मेचिनगर ९ स्थित फाराम टोलमा एकदिने मुलवासी मंगोल विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। 
२७ मार्च २०२२ का दिन सम्पन्न उक्त कार्यक्रममा मेचिनगर सभाअध्यक्ष सिनारा मेचेको सभाअध्यक्षतामा एवं  प्रान्तीय सभा १ का सचिव सागर राईको प्रमुख आतिथ्यतामा थियो । कथित दलित बनाईएको समुदायहरुको बाक्लो बस्ती रहेको उक्त गाउँमा कार्यक्रममा  विशिष्ट अतिथि जिल्ला सभा झापा का सचीव सागर दर्जी ज्यु ले आफू लाई हिन्दु हुँ भन्नू गर्व गर्ने कामी,दमाई,सार्की,च्यामे ,पाेडे हरु लाई  हिन्दु वर्णाश्रम ब्यवस्था मा सुद्र ,अछुत बनाएर पशु भन्दा निच को ब्यवहार गरिरहेको बताउनु भयो । मकवानपुर का मंगोल  राजा दिगबन्धन सेनको षड्यन्त्रपूर्वक दर्दनाक हत्या गरी उनको सन्तानहरुलाई पृथ्वीनारायण शाहको पालादेखि जातजातीमा बिभाजन गरी अछुत बनाईएको ऐतिहासिक पृष्ठभुमि बताउनु भयो।
प्रमुख अतिथी राईले  वर्तमान राजनिती परिवेशमा हिन्दु आर्य बाहुन छेत्री हरु ले शासन सत्ता मा हालिमुहाली गरी राजनिती लाई फोहोरी खेल बनाइरहेकोले अबको समय जनता राजनितिक चेतनशिल भै  प्रत्येक चुनावमा कुखुराको भालेमा भाेट खसाल्न आव्हान गर्नुभयो । 
कार्यक्रम मा वडा सभा ९ का अध्यक्ष देब बहादुर तामाङ ले पनि मन्तव्य राख्नु भएको थियो । प्रशिक्षणकै दौरान भुपाल दर्जीको अध्यक्षता ११ सदस्यीय फाराम टोलसभा गठन गरिएको छ ।  सचीव,काेषाध्यक्ष, सह सचीव र प्रचार सचीवमा क्रमश: फुर्वा तामाङ,उषा रनपहेली,सुवास लिम्बू र दिपेन तामाङ रहेका छन र सदस्यहरु मा लक्ष्मी सुन्दास, मानध्वज दर्जी, पुष्पा दर्जी, बाल कुमार दर्जी, इन्दिरा पाचकाेटी र सल्लाहकारमा पदम दर्जी रहनु भएको छ। नव गठित टोल सभा का पदाधिकारी हरु लाई नगरसभा अध्यक्ष सिनारा मेचे ले सपथ ग्रहण गराएकी थिइन् भने कार्यक्रम मा उपस्थित लोकसमुदाय लाई  वडा सभा ९ का सदस्य गुमान सिंह तामाङ ले स्वागत  मन्तव्य द्वारा स्वागत गरेका थिए भने नगरसभा सचीव किशोर धिमाल ले कार्यक्रम संचालन गरेका थिए।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्