शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचिनगर -२ मा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण र टोल गठन

Sagar Mongol | 19 डिसेम्बर 2020

मेचिनगर -२ मा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण र टोल गठन

झापा / मंगोल नेशनल अर्गनाईजेशन मेचिनगर नगर सभाको आयोजनामा मेचिनगर -२ स्थित मगर डाडाँमा एकदिने मुलबासी मंगोल विषयक प्रशिक्षण सम्पन्न भएको छ  । एम . एन . ओ . मेचिनगर नगरसभाका अध्यक्ष सागर मंगोलको सभाध्यक्षतामा सम्पन्न उक्त आर्यक्रममा प्रमुख अतिथि एम . एन . ओ . केन्द्रिय सचिव सन्तोष तामाङ रहनुभएको थियो । त्यसैगरी विशिष्ट अतिथिमा एम . एन . ओ . १ प्रदेश सभाका सदस्य देव नारायण धिमाल रहनुभएको थियो भने अतिथिमा  एम . एन . ओ .ओखलढुंगा मानेभञ्ज्याङ गाउँसभा वडा नं. ४ का अध्यक्ष विशाल थापा मगर रहनुभएको थियो । कार्यक्रममा अतिथि मगरले मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथि तामाङले प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षण प्रदान गर्ने क्रममा उहाँले  मानव उत्पत्ति, अस्तित्व र पहिचान, मंगोल नेशनल अर्गनाईजेशनको राजनैतिक पृष्ठभुमि बारे प्रष्ट्याउँनु भयो । 
             कार्यक्रमकै अवसर पारेर लिला मगरको अध्यक्षतामा १३ सदस्यीय टोल समिति गठन भएको छ । सचिव, कोषाध्यक्षय, सहसचिवमा क्रमशः मिना मगर, दिलमाया मगर, अडि बहादुर मगर रहनुभएको छ । सदस्यहरुमा प्रवीण लिम्बु, विनोद मगर, पदम बुर्जा, नयन मगर, डम्बर लिम्बेल र भक्त बहादुर दर्जी रहमु भएको छ भने सल्लाहकारमा चन्द्र माया मगर,
रमा मगर र थुम्बे दर्जी रहनुभएको छ । नवगठित टोल सभाका पदाधिकारीहरुलाई प्रमुख अतिथि तामाङले सपथ ग्रहण गराउनुभएको थियो । स्थानीय लोक समुदायको सौहार्दपुर्ण उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम एम.एन.ओ. मेचिनगर सचिव सिनारा मेचेले सञ्चालन गर्नुभएको थियो ।

मेचिनगर -२ मा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण र टोल गठन

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्