शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचिनगर-९ मा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण सम्पन्न

Mongol Vision News | 19 नोभेम्बर 2020

मेचिनगर-९ मा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण सम्पन्न

झापा/ मंगोल नेशनल अर्गनाईजेशन मेचिनगर नगरसभाको आयोजनामा मेचिनगर-९ गुम्बा टोल सभाका अध्यक्ष देव बहादुर तामाङको सभाध्यक्षतामा एवं एम. एन. ओ. केन्द्रिय प्रवक्ता दिलिप धिमाल ज्युको प्रमुख आतिथ्यतामा एकदिने मुलबासी मंगोल विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा विशिष्ट अतिथिमा एम. एन. ओ. केन्द्रिय सदस्य अकल तामाङ ज्यु रहनुभएको थियो । उक्त कार्यक्रममा उपस्थित लोक समुदायमा एम. एन. ओ. मेचिनगर नगरसभाध्यक्ष सागर मंगोलले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि तामाङले अबको समयमा मुलबासी मंगोलहरु आफ्नो साझा घर मंगोल नेशनल अर्गनाईजेशनमा आवद्ध हुनुपर्ने कुरा प्रकाश पार्नुभयो भने कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि धिमालले मुलुकको दिगो शान्ति र दिगो विकासको निमित्त अबको अन्तिम विकल्प भनेकै मंगोल नेशनल अर्गनाईजेशन रहेको कुरामा जोड दिनुभयो । स्थानीय लोक समुदायहरुको सौहार्दपुर्ण उपस्थिति रहेको उक्त कार्यक्रम एम. एन. ओ. मेचिनगर सचिव सिनारा मेचेले सञ्चालन गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्