शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचिनगर - १ मा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण सम्पन्न

Sagar Mongol | 12 जनवरी 2021

मेचिनगर - १ मा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण सम्पन्न

झापा / मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर नगरसभाको आयोजनामा मेचिनगर - १ स्थित देवीगञ्जमा एकदिने मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम स्थानीय मंगोल शुभेच्छुक युवराज मगरको सभाध्यक्षतामा एवं एम. एन. ओ. वरिष्ठ केन्द्रिय सदस्य शान्तिलाल धिमाल ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । त्यसैगरी विशिष्ट अतिथिमा एम. एन. ओ. केन्द्रिय सदस्य सान बहादुर मेचे रहनुभएको थियो भने अतिथिमा १ नं. प्रदेश सभाका सचिव सागर राई रहनुभएको थियो । 
               कार्यक्रममा अतिथि सागर राई र विशिष्ट अतिथि सान मेचेले संयुक्त रुपमा युग पुरुष डा . गोपाल गुरुङ ज्युको जीवनी र व्यक्तित्व, मानव उत्पत्ति, अस्तित्व र पहिचान,  एम. एन. ओ. को राजनैतिक पृष्ठभुमिको विषयमा प्रशिक्षण  प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि धिमालले अबको समयमा मंगोल युवाहरुले राजनैतिक चेतनशील बनी व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मंगोल मुक्तिको यात्रामा अघि बढ्नुको विकल्प नरहेको कुरामा जोड दिनुभयो । स्थानीय लोक समुदायहरुको सौहार्दपुर्ण उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम एम. एन. ओ. मेचिनगर अध्यक्ष सागर मंगोलले सञ्चालन गरेका थिए ।

मेचिनगर - १ मा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्