शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचिनगर-९ मा मुलबासी मंगोल विषयक प्रशिक्षण सम्पन्न

Mongol Vision News | 20 अक्टोबर 2020

मेचिनगर-९ मा मुलबासी मंगोल विषयक प्रशिक्षण सम्पन्न

झापा / मंगोल नेशनल अर्गनाईजेशन मेचिनगर नगरसभाको आयोजनामा मेचिनगर-९ स्थित प्रगती चोकमा एकदिने मुलबासी मंगोल विषयक प्रशिक्षण सम्पन्न भएको छ । उक्त कार्यक्रम स्थानीय मंगोल शुभेच्छुक धन कुमार राईको सभाध्यक्षतामा एवं एम. एन. ओ. केन्द्रिय सदस्य अकल तामाङ ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । त्यसैगरी अतिथिहरुमा क्रमशः एम. एन. ओ. केन्द्रिय सदस्य श्याम लिम्बु र मेचिनगर अध्यक्ष सागर मंगोल रहनुभएको थियो ।

कार्यक्रममा मेचिनगर अध्यक्ष सागर मंगोलले मानव उत्पत्ति, अस्तित्व र पहिचानको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । उहाँले प्रशिक्षणकै क्रममा हामी मुलबासी मंगोल भएको र राज्यले हामीलाई हाम्रो अस्तित्व थाह नदिनको लागि नै अत्यन्तै षड्यन्त्र पुर्वक मतवाली, किंराती, आदिवासी, जनजाती, दलित बनाएको कुरा प्रष्ट्याउँनुभयो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथिले अबको देशको प्रमुख राजनैतिक शक्ति भनैकै मंगोल नेशनल अर्गनाइजेशन रहेको र अबको समय आफ्नो मत मंगोल नेशनल अर्गनाइजेशनको चुनाव चिन्ह कुखुराको भालेमा दिनुपर्ने कुरामा जोड दिनुभयो । स्थानीय लोकहरुको सौहार्दपुर्ण उपस्थितिमा सम्पन्न कार्यक्रम सञ्चालन एम. एन. ओ. मेचिनगर सचिव सिनारा मेचेले गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्