सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचिनगर -९ मा मुलबासी मंगोल विषयक प्रशिक्षण सम्पन्न

Sagar Mongol | 16 डिसेम्बर 2020

मेचिनगर -९ मा मुलबासी मंगोल विषयक प्रशिक्षण सम्पन्न

 झापा / मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर नगरसभाको आयोजनामा मेचिनगर -९ स्थित पञ्चकन्या टोलमा एकदिने मुलबासी मंगोल विषयक प्रशिक्षण सम्पन्न भएको छ । उक्त कार्यक्रम एम. एन. ओ. मेचिनगर वडा नं . ९ गुम्बा टोल सभाका अध्यक्ष देव बहादुर गुरुङको सभाध्यक्षतामा एवं एम. एन. ओ. केन्द्रिय प्रचारप्रसार सचिव मणि पापो लिम्बु ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि एम. एन. ओ. केन्द्रिय सदस्य श्याम लिम्बु र अतिथिमा ओखलढुङ्गा जिल्ला मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ४ का अध्यक्ष विशाल थापा मगर रहनुभएको थियो । 
          उक्त कार्यक्रममा विशाल थापा मगरले मन्तव्य राख्नुभएको थियो भने एम. एन. ओ. मेचिनगर अध्यक्ष सागर मंगोलले मानव उत्पत्ति, अस्तित्व र पहिचान , मंगोल नेशनल अर्गनाइजेशनको राजनैतिक पृष्ठभुमिको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिद्वय लिम्बुले अबको समयमा मुलुकको दिगो विकास र उन्नतिको निमित्त मंगोल नेशनल अर्गनाइजेश मुलुकको शासन सत्तामा पुग्नैपर्ने टड्कारो आवश्यकता रहेको कुरामा जोड दिनुभयो । स्थानीय लोक समुदायहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा उपस्थित सम्पुर्णलाई मेचिनगर सदस्य किशोर धिमालले स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए भने कार्यक्रम सञ्चालन मेचिनगर सचिव सिनरा मेचेले गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्