Sagar Mongol | 10 जनवरी 2021
झापा/ मंगोल नेशनल अर्गनाईजेशन मेचिनगर ३ नं . वडा सभाको आयोजनामा मेचिनगर -३ स्थित डाँडा गाउँमा एकदिने मुलबासी मंगोल विषयक प्रशिक्षण सम्पन्न भएको छ । उक्त कार्यक्रम एम. एन. ओ. मेचिनगर ३ नं . वडा सभाका अध्यक्ष अर्पण सुनुवारको सभाध्यक्षतामा एवं एम. एन. ओ. केन्द्रिय सचिव सन्तोष तामाङ ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा विशिष्ट अतिथिमा एम. एन. ओ. वरिष्ठ केन्द्रिय सदस्य शान्तिलाल धिमाल रहनुभएको थियो । त्यसैगरी अतिथिहरुमा एम. एन. ओ. झापा जिल्ला सचिव वानिरा मेचे, जिल्ला सदस्य भानु धिमाल, मेचिनगर अध्यक्ष सागर मंगोल, स्थानीय अग्रज व्यक्तित्वहरु पदम मगर, कुमार थापा मगर, राजन पिठाकोटे मगर र सुरज थापा मगर रहनुभएको थियो ।
उक्त कार्यक्रममा एम. एन. ओ. जिल्ला सचिव वानिरा मेचेले मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथि सन्तोश तामाङले मानव उत्पत्ति, अस्तित्व र पहिचान, एम. एन. ओ. को मूलभूत सिद्धान्तको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षणको दौरानमा उहाँले आजसम्म हामीले पटक पटक अन्य राजनितिक दलहरुलाई विश्वास गरेर दासत्वको जीवन बाँच्दै आइरहेका थियौ तर अब आफ्नो सोच परिवर्तन गरेर आफु र आफ्नो भावी सन्ततिको भविष्यको निमित्त मंगोल नेशनल अर्गनाईजेशनलाई विश्वास गर्दै कुखुराको भालेमा मतदान गर्न आग्रह गर्नुभयो । स्थानीय लोक साउदायहरुको सौहार्दपुर्ण उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य एम. एन. ओ. मेचिनगर ३ नं . वडा सदस्य अम्बर सुनुवारले राख्नुभएको थियो भने वडा सभाका सचिव सागर तामाङले कार्यक्रम सञ्चालन गरेका थिए ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology