शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचिनगर-७ मा प्रशिक्षण र वडा सभा गठन

Mongol Vision News | 12 अक्टोबर 2020

मेचिनगर-७ मा प्रशिक्षण र वडा सभा गठन

झापा / मंगोल नेशनल अर्गनाईजेशन मेचिनगर नगरसभाको आयोजनामा मेचिनगर-७ स्थित जोरसिमलमा मंगोल रास्ट्रवाद सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।

स्थानीय मंगोल शुभेच्छुक मिङमा तामाङको विशेष पहलमा एवं एम. एन. ओ. मेचिनगर अध्यक्ष सागर मंगोल ज्युको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि एम. एन. ओ. केन्द्रिय सचिव सन्तोष तामाङ ज्यु रहनुभएको थियो । त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथिमा एम. एन. ओ. केन्द्रिय सदस्य सान र बहादुर मेचे रहनुभएको थियो । त्यसैगरी अतिथिहरुमा क्रमशः एम. एन. ओ. वैकल्पिक केन्द्रिय सदस्य देवेन्द्र साम्पाङ र जिल्ला सदस्य के. वी . तामाङ रहनुभएको थियो ।

कार्यक्रममा मानव उत्पत्ति, अस्तित्व र पहिचानको विषयमा विशिष्ट अतिथि सान बहादुर मेचेले प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथिद्वय तामाङले अबको समयमा आफ्नो अधिकार र अस्तित्व सुनिश्चितता संगसंगै मुलुकमा दिगो शान्ति र दिगो विकासको निमित्त अन्तिम विकल्प नै मंगोल नेशनल अर्गनाईजेशन भएको खुलासा गर्नुभयो ।

कार्यक्रमकै अवसर पारेर मानवीर मगरको अध्यक्षतामा १२ सदस्यीय एम. एन. ओ. मेचिनगर वडा नं. ७ गठन भएको छ । सचिव, कोषाध्यक्ष, सहसचिवमा क्रमशः मिङमा तामाङ, सम्पतलाल राई, पासाङ तामाङ रहनुभएको छ ।त्यसैगरी सदस्यहरुमा अब्राहम शेर्पा, दिल बहादुर राई, नर बहादुर लिम्बु, बलराम राई, बुद्धिमान राई रहनुभएको छ भने सल्लाहकारमा देश बहादुर राई, बागसिंह तामाङ, धन बहादुर तामाङ रहनुभएको छ । एम. एन. ओ. मेचिनगर सचिव सिनारा मेचेले सञ्चालन गरेको कार्यक्रममा उपस्थित सबैलाई सहसचिव नर बहादुर राईले स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्