शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचिनगर ३ मा प्रशिक्षण र वडा सभा पुनर्गठन

Mongol Vision News | 14 अक्टोबर 2020

मेचिनगर ३ मा प्रशिक्षण र वडा सभा पुनर्गठन

झापा / मंगोल नेशनल अर्गनाईजेशन मेचिनगर नगरसभाको आयोजनामा एम. एन. ओ. मेचिनगर अध्यक्ष सागर मंगोलको सभाध्यक्षता एवं एम. एन. ओ. केन्द्रिय सचिव सन्तोष तामाङज्युको प्रमुख आतिथ्यतामा मेचिनगर-३ स्थित पहलेधापमा एकदिने मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । उक्त कार्यक्रममा विशिष्ट अतिथिमा एम. एन. ओ. वरिष्ठ केन्द्रिय सदस्य शान्तिलाल धिमाल ज्यु रहनुभएको थियो भने अतिथिमा एम. एन. ओ. १ नं .प्रदेश सभाका अध्यक्ष भास्कर चाम्लिङ रहनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अतिथिद्वय चाम्लिङले मुलुकमा दिगो विकास र दिगो शान्तिको निमित्त अबको अन्तिम विकल्प भनेकै मंगोल नेशनल अर्गनाईजेशन हो भन्ने कुरा प्रष्ट्याउनुभयो । कार्यक्रमका प्रमुख अतिथि तथा प्रशिक्षक तामाङले मानव उत्पत्ति, अस्तित्व र पहिचान, आदिवासी, जनजाती, दलितको विषयमा स्पष्ट पार्दै हामी मुलबासी मंगोल भएको र हामीलाई आफ्नो अस्तित्व नचिनुन भनेर राज्यबाट नै उपेक्षा र षड्यन्त्रपुर्वक यी शब्दहरु लादिएको कुरा प्रस्ट्याउँनुभयो । साथै उहाँले अबको समय निर्णायक वैचारिक युद्ध गर्नुपर्ने भएकाले आफ्नो निर्णायक मत मंगोल नेशनल अर्गनाईजेशनलाई दिन आव्हान गर्नुभयो ।

स्थानीय लोक समुदायहरुको सौहार्दपुर्ण उपस्थितिमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य स्थानीय मंगोल शुभेच्छुक अर्पण सुनुवारले राख्नुभएको थियो भने एम. एन. ओ. मेचिनगर सचिव सिनारा मेचेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रमकै अवसर पारेर अर्पण सुनुवारको अध्यक्षतामा २८ सदस्यीय वडा समिति गठन भए संगै एम. एन. ओ. मेचिनगर-३ वडा सभा पुनर्गठन भएको छ । सचिव, कोषाध्यक्ष, सहसचिव, प्रचारप्रसार सचिवमा क्रमशः सागर तामाङ, मिन कुमारी राई, बागसिंह तामाङ रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा अम्बर सुनुवार, सन्त लिम्बु, सन्तोष तामाङ, युवराज गुरुङ, रुपेश मेचे, रोशन तामाङ, छत्र शेर्मा लिम्बु, पुर्व राई, वर्देश मेचे, सन्तोष मेचे, धन बहादुर राई, रोशन दर्जी, डिल्लीराम मेचे, ध्रुव प्रधान, याम राई, भरत तामाङ, किरण राई, टंक राई, तारा सुनुवार, दिपक मगर र राजकुमार पुरकोटी रहनुभएको छ भने सल्लाहकारमा टंक सुनुवार र खण्ड धिमाल रहनुभएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्