बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचिनगर -७ मा वृहत मंगोल खुल्ला सभा

mongolvision | 24 मार्च 2022

मेचिनगर -७ मा वृहत मंगोल खुल्ला सभा


झापा/ मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर- ७ वडा सभाको आयोजनामा मेचिनगर नगरपालिका वडा नं. ७ जोरसिमल स्थित मेचे सामुदायिक भवनमा वृहत मंगोल खुल्ला सभा सम्पन्न भएको छ । 
उक्त कार्यक्रममा मेचिनगर-७ वडा सभा अध्यक्ष मिङमा तामाङको सभाध्यक्षतामा एवं संगठनका केन्द्रिय सचिव सन्तोष तामाङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा १ नं. प्रान्तीय सभा अध्यक्ष भाष्कर चाम्लिङ रहनुभएको थियो । त्यसैगरी अतिथिहरुमा ऐतिहासिक मंगोल गायक पृथी मुखिया, १नं. प्रान्तीय सभा सदस्य देव धिमाल, झाला जिल्ला अध्यक्ष बानिरा मेचे, प्रचारप्रसार सचिव भानु धिमाल, जिल्ला सदस्य निलम राई, मेचिनगर कोषाध्यक्ष नरबहादुर राई, मेचिनगर-१५ अध्यक्ष हिमाल मेचे, मेचिनगर-३ अध्यक्ष खगेन्द्र तामाङ , मेचिनगर- १३ अध्यक्ष मोहन लिम्बू , मेचिनगर-९ अध्यक्ष देवबहादुर तामाङ रहनुभएको थियो । 
कार्यक्रममा अतिथिहरु नरबहादुर राई, बानिरा मेचे, देव धिमाल, विशिष्ट अतिथि भाष्कर चाम्लिङले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा मंगोल गायक पृथी मुखियाको गायन प्रस्तुती रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सन्तोष तामाङले अबको निर्वाचनमा गणीतीय नतिजा ल्याउनका निम्ति सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिँदै मंगोलहरुको अधिकार र अस्तित्व प्राप्तिसंगै मुलुकको समृद्धि र विकासको निमित्त भाले चिन्हमा मतदान गर्न सम्पूर्णमा आव्हान गर्नुभयो । मेचिनगर वडा नं. ७ वासी मंगोल समुदायहरुको उल्लेखीय उपस्तिथिमा सम्पन्न उक्त कार्यक्रममा  वडा सचिव दिल बहादुर राईले स्वागत मन्तव्य राखेका थिए भने मेचिनगर सचिव किशोर धिमालले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्