शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचिनगर ५ मधुटोलमा मंगोल रास्ट्रवाद र वडा गठन

mongol vision | 28 फेब्रुअरी 2021

मेचिनगर ५ मधुटोलमा मंगोल रास्ट्रवाद र वडा गठन

झापा/ मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर नगर सभाको आयोजनामा र एम एनओ प्रवास सभाका अध्यक्ष अमर धिमाल ज्युको सक्रियतामा मेचिनगर-५ स्थित मधुटोलमा एकदिने मंगोल रास्ट्रवाद सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । उक्त कार्यक्रम एम एनओ मेचिनगर अध्यक्ष सागर मंगोलको सभाध्यक्षतामा एवं एम एनओ केन्द्रिय सभाका प्रवक्ता दिलिप धिमाल ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिहरु वरिष्ठ केन्द्रिय सदस्य शान्तिलाल धिमाल र केन्द्रिय सदस्य सान मेचे रहनु भएको थियो भने अतिथिहरुमा क्रमश: १ नम्बर प्रदेश सदस्य डिएन धिमाल, युएई प्रवास सभा अध्यक्ष अमर धिमाल रहनुभएको थियो । कार्यक्रममा अतिथि अमर धिमालले मन्तव्य राख्नुभएको थियो भने उपस्थित सम्पुर्ण लोक समुदायहरुमा विशिष्ट अतिथि सान मेचेले प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षणको दौरानमा उहाँले मानव उत्पत्ति, अस्तित्व र पहिचान, नेपालको राजनैतिक इतिहासमा बाहुनबाद, मंगोल नेशनल अर्गनाइजेशनको आवश्यकताको विषयमा प्रशिक्षण प्रदान गर्नुभयो ।

मेचिनगर ५ मधुटोलमा मंगोल रास्ट्रवाद र वडा गठन

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि दिलिप धिमालले अबको समय अस्तित्व र अधिकारको निमित्त सम्पुर्ण मूलबासी मंगोलहरु एम एनओमा संगठित हुनुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रमकै अवसर पारेर श्याम रानाको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन भएको छ । सचिव, कोषाध्यक्ष, सह-सचिव र प्रचार सचिवमा क्रमश: मान बहादुर धिमाल, सलिना धिमाल, सोम धिमाल र ध्रुव राई रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा भालु धिमाल, वसन्त राई, विनोद राई, गणेश धिमाल, विशाल धिमाल र सुनिता धिमाल रहनु भएको छ । पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रमका विशिष्ट अतिथि शान्तिलाल धिमाल ज्युले गराउनुभएको थियो भने एम एनओ मेचिनगर नगर सभा सचिव सिनारा मेचेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्