बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचिनगर २ नं वडा सभाको कार्यलय उदघाटन

Mongol viaion | 12 सेप्टेम्बर 2021

मेचिनगर २ नं वडा सभाको कार्यलय उदघाटन

झापा / मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर २ नं वडा सभाको कार्यलय उदघाटन साथै नियमित बैठक  सम्पन्न  भएको छ ।
१२ सेप्टेम्बर २०२१ आइतबार को दिन मेचिनगर -2 सान्तिमार्गमा वडा सभा अध्यक्ष पुर्णहाङ लिम्बुको सभाध्यक्षता र एम.एन.ओ.१ नं. प्रदेश सभा सचिव सागर राई ज्युको प्रमुख आतिथ्यतामा वडासभा को नियमित बैठकको अवसर पारि कार्यलय उदघाट भएको हो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा एम. एन. ओ. झापा जिल्ला सभाका अध्यक्ष लासिमहाङ मंगोल रहनु भएको थियो भने अतिथिहरुमा मेचिनगर नगर अध्यक्ष सिनारा मेचे, मेचिनगर सचिव किशोर धिमाल, सहसचिव खम बहादुर राई थिए । उक्त वडा सभाको कार्यलय मेचिनगर-२ सान्तिमार्ग स्थित  वडा सभा  अध्यक्ष पुर्णहाङ लिम्बुकै निजिनिवासमा राखिएको छ ।
              कार्यक्रममा अतिथिहरु खम बहादुर राई, किशोर धिमाल, सिनारा मेचे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने विशिष्ट अतिथिले मंगोल नेशनल अर्गनाईजेशनले गरेको राजनीती न्यायपूर्ण समाज र समृद्ध देश निर्माण गर्नको निमित्त भएको कुरा अवगत गराउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथिले अबको समय चुनावलाई लक्षित गरेर सकृयताका साथ संगठनको गतिविधिहरु अगाडि बढाउन सम्पूर्ण कार्यकर्ताहरुलाई निर्देशित गर्नुभएको थियो । कार्यक्रमकै अवसर पारेर वडा सभामा रिक्त रहेको सह-सचीव पदमा वडा सभा सदस्य समिता धिमाललाई सर्वसम्मतले चयन गरेको छ । समिता धिमालले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम मनोज लिम्बुले सञ्चालन गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्