शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचिनगर नगर सभा अध्यक्षमा सागर दर्जी

Lassim Hang Mongol | 17 डिसेम्बर 2018

मेचिनगर नगर सभा अध्यक्षमा सागर दर्जी

झापा/ मंगोल नेशनल अर्गjनाइजेशन मेचीनगर ऐतिहासिक दोश्रो नगर अधिवेशन मूल आयोजक सभाको आज पहिलो दिन बन्द शत्र तथा उदघाटन कार्यक्रम सभ्य र भव्यताका सम्पन्न भएको छ ।
झापाको धुलाबारी बजार स्थित मेची उद्योग वाणिज्य संघको सभाहलमा ऐतिहासिक दोश्रो मेचिनगर नगर अधिवेशन मूल आयोजक सभाका संयोजक सागर दर्जीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमले  सागर दर्जीकै अध्यक्षतामा निर्विरोध छत्तिस सस सदस्यीय मेचीनगर नगर सभा नयाँ कार्य समिति निर्वाचित गरेको छ । जसमा सचिव,कोषाध्यक्ष, सहसचिव र प्रचारप्रसार सचिवमा क्रमशः सिनारा मेचे, सन्देश राई, नर बहादुर राई र हर्क बहादुर तामाङ छन् ।यस्तै सदस्यहरूमा कविराज राना मगर, रेवत हात्तिमारा मगर, विजय गुरुङ, रविन्द्र लिम्बू, नरेन धिमाल, खम बहादुर राई, रोशन लिम्बू, राजेश शाक्य, रेणु तामाङ, अष्टबर धिमाल, किशोर धिमाल, मान बहादुर घिसिङ, शशी राई, पवित्रा राई, आशा राई, हेमराज लिम्बू, अविनास तामाङ, राधिका बराईली, सबिना राई, तुलसी धिमाल, अर्जुन धिमाल, लालमोहन धिमाल, सोमवीर तामाङ, बुद्धिमान राई, मोहनसिंह तामाङ, तारा राई, धनबहादुर तामाङ, वीरबहादुर तामाङ, टेक बहादुर थेबे र साई कुमार लिम्बू छन् ।

मेचिनगर नगर सभा अध्यक्षमा सागर दर्जी

कार्यक्रममा संगठनका केन्द्रीय सचिव संतोष तामाङको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिमा संगठनका केन्द्रीय प्रवक्ता एवम् मंगोल भिजन राष्ट्रीय साप्ताहिक पत्रीकाका सम्पादक दिलिप धिमाल, वरिष्ठ केन्द्रीय सदस्य शान्तिलाल धिमाल र केन्द्रीय सदस्य तथा केन्द्रीय आर्थिक विभाग सदस्य सान बहादुर मेचे थिए । त्यस्तै अतिथिहरूमा केन्द्रीय सदस्य अकल तामाङ, केन्द्रीय सदस्य ज्योतिमा थुलुङ (JM), केन्द्रीय सदस्य दिलवरी राई, केन्द्रीय सदस्य सत्यकला नेम्बाङ, केन्द्रीय सल्लाहकारद्धय धन बहादुर राई र पदम नेम्बाङ, प्रदेश नं.१ सभाका अध्यक्ष भाष्कर चाम्लिङ र एमएनओ जिल्ला सभा झापा अध्यक्ष रुद्र थुलुङ रहनु भएको थियो । ऐतिहासिक दोश्रो मेचिनगर नगर मूल आयोजक सभाका कोषाध्यक्ष सबिना राईको स्वागत मन्तव्य संगै औपचारिक रूपमा शुरूवात भएको कार्यक्रम प्रमुख अतिथी संतोष तामाङले संगठनको पाँच क्रान्ति स्वरूप ५ वटा मैन बाली संगठनका संस्थापक युग पुरुष अमर डा.गोपाल गुरुङको तस्वीरमा खादा अर्पण गरी उहाँको सम्झनामा एक मिनेट मौन धारण गरि विधिवत् रूपमा उदघाटन गर्नु भएको हो । कार्यक्रममा एमएनओ जिल्ला सभा झापा अध्यक्ष, कोषाध्यक्ष र सहसचिव क्रमश: रुद्र थुलुङ, बानीरा मेचे र जानुका राई साथै अतिथी प्रदेश नं.१ सभाका अध्यक्ष भाष्कर चाम्लिङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । बन्द शत्रबाट निर्विरोध नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमुख अतिथी तामाङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो भने कार्यक्रम ऐतिहासिक दोश्रो मेचिनगर सभाको बन्द शत्रबाट निर्विरोध निर्वाचित सचिव सिनारा मेचेले सन्चालन गरेकि थिइन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्