शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचिनगर -३ स्थित तिम्सिनेमा मुलबासी मंगोल विषयक प्रशिक्षण सम्पन्न

Mongol Vision | 26 सेप्टेम्बर 2020

मेचिनगर -३ स्थित तिम्सिनेमा मुलबासी मंगोल विषयक प्रशिक्षण सम्पन्न

झापा/ मंगोल नेशनल अर्गनाईजेशन मेचिनगर नगरसभाको आयोजनामा मेचिनगर -३ स्थित तिम्सिनेमा एकदिने मुलबासी मंगोल विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम एम. एन. ओ. मेचिनगर नगरसभाका अध्यक्ष सागर दर्जी ज्युको सभाध्यक्षतामा एवं १ नं. प्रदेश सभाका अध्यक्ष भाष्कर राई ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रशिक्षण प्रदान गर्दै प्रमुख अतिथिले मानव उत्पत्तिको विषयमा प्रस्ट्याउनु भएको थियो साथै उहाँले आदिवासी, जनजाती, दलित जस्ता शब्दहरु आफैंमा उपेक्षित र घृणित रहेको प्रस्ट्याउँदै हामीले अबको समयमा आफु र आफ्नो सन्ततिलाई अधिकार सम्पन्न भएर बाँच्न र बचाउँनको लागी आफ्नो अस्तित्व स्विकारेर आफुले आफुलाई मुलबासी मंगोल भन्नुपर्ने कुरामा जोड दिनुभएको थियो । अविरल वर्षाका बावजुद पनि स्थानीय लोक समुदायहरुको सौहार्दपूर्ण उपस्थिति रहेको उक्त कार्यक्रम एम. एन. ओ. मेचिनगर सचिव सिनारा मेचेले सञ्चालन गर्नुभएको थियो भने सम्पुर्णलाई मेचिनगर सदस्य नरेन कुमार धिमालले स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्