बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचिनगरको बेशिबजार मा एकदिने मुलबासी मंगोल विषयक प्रशिक्षण सम्पन्न

Sagar Mongol | 15 डिसेम्बर 2020

मेचिनगरको बेशिबजार मा एकदिने मुलबासी मंगोल विषयक प्रशिक्षण सम्पन्न

झापा/ मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर ३ वडा सभाको आयोजनामा मेचिनगर- ३ स्थित बौबन बेसीबजार स्थित एकदिने मुलबासी मंगोल विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम मेचिनगर वडा नं. ३ का अध्यक्ष अर्पण सुनुवारको सभाध्यक्षतामा एवं एम. एन. ओ. केन्द्रिय सचिव सन्तोष तामाङ ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । त्यसैगरी विशिष्ट अतिथिमा केन्द्रिय प्रचारप्रसार सचिव मणि पापो लिम्बु हुनुहुन्थ्यो । त्यसैगरी अतिथिहरुमा इलाम जिल्ला सदस्य बुल बहादुर गुरुङ , झापा जिल्ला सदस्य भानु धिमाल , मेचिनगर नगरसभाका अध्यक्ष सागर मंगोल र ओखलढुङ्गा जिल्ला मानेभञ्ज्याङ गाउँपालिका वडा नं .४ का सभाध्यक्ष विशाल थापा मगर रहनुभएको थियो ।  
              कार्यक्रममा विशाल थापा मगर, सागर मंगोल र बुल बहादुर गुरुङले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा विशिष्ट अतिथिद्वय मणि पापोले अबको दिनमा चुनावलाई लक्षित गरेर कार्यक्रमहरु व्यापक रुपमा अगाडि बढाउनु पर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा उपस्थित लोक समुदायहरुलाई केन्द्रिय सचिव सन्तोष तामाङले मानव उत्पत्ति, अस्तित्व र पहिचान आदि विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । इलाम र झापाको सिमानामा मेचिनगर र रोङ गाउँवासी लोक समुदायहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा स्वागतगत मन्तव्य मेचिनगर सदस्य किशोर धिमालले राखेका थिए भने कार्यक्रम सञ्चालन सागर तामाङले गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्