मङ्गलबार 23 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचीनगरको गाउँ -गाउँमा मंगोलको प्रशिक्षण

Baneera Mongol Meche | 2 फेब्रुअरी 2019

मेचीनगरको गाउँ -गाउँमा मंगोलको प्रशिक्षण

झापा / मंगोल नेशनल अर्गनाइजेसन मेचीनगर नगरसभाको सक्रियतामा मेचीनगर - ३ स्थित बडाखालमा मुलवासी मंगोल विषयक प्रशिक्षण सम्पन भएको छ ।
फेब्रुअरी २ तारिखका दिन मेचीनगर नगरपालिका - ३ स्थित बडाखाल निवासी मंगोलप्रेमी पूर्ण सुब्बाको अध्यक्षता र संगठनका केन्द्रीय सचिव सन्तोष तामाङक‍ो प्रमुख अातिथ्यता एकदिने खुल्ला मुलवासी मंगोल विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमको विशिष्ट अतिथिमा संगठनका केन्द्रीय सदस्य तथा केन्द्रीय अार्थिक विभाग सदस्य सान बहादुर मेचे साथै अतिथिहरुमा प्रदेश नं. १ सचिव सागर राई, निवर्तमान झापा जिल्ला सदस्य भरत राई लगायत रहनु भएको थियोे । कार्यक्रममा उपस्थित लोक समुदायलाई कार्यक्रमका प्रमुख अतिथि सन्तोष तामाङले हिन्दुवाद र मंगोलवादको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो भने मेचीनगर नगरसभा अध्यक्ष सागर दर्जीले मानव अस्तित्वको विषयमा र अादिवासी, जनजाति र मुलवासी शब्दको वास्तविक अर्थ प्रस्ट्याउनु भएको थियो । उक्त कार्यक्रमलाई निवर्तमान झापा जिल्ला सदस्य भरत राईले पनि संबोधन गर्नु भएको थियो । स्थानीय मुलवासी मंगोलहरुको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा मेचीनगर सदस्य सविना राईले स्वागत मन्तव्य राखेकी थिइन् भने सचिव सिनारा मेचेले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्