बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचिनगरको घोडाजिनमा मंगोल राष्ट्रवाद समबन्धी प्रशिक्षण संगै टोल सभा गठन

Mongol Vision News | 1 जून 2019

मेचिनगरको घोडाजिनमा मंगोल राष्ट्रवाद समबन्धी प्रशिक्षण संगै टोल सभा गठन

झापा/ मेचीनगर नगर सभाको पहलमा मेचीनगर -8 स्थित घोडाजिन स्थित स्कुल डाँडामा मंगोल रास्ट्रवाद सम्बन्धि प्रशिक्षण साथै टोल सभा गठन कार्यक्रम सम्पन्न भएको छ ।

       1 June शनिबारका दिन मेचिनगर नगर सभा सहसचिव नर बहादुर राईले कार्यक्रम सन्चालन गरेको उक्त प्रशिक्षण कार्यक्रममा मेचिनगर वडा नम्बर 8 का पुर्व अध्यक्ष बुद्धीमान राईको सभाध्यक्षता र संगठनका केन्द्रीय सचिव सन्तोष तामाङ ज्युको प्रमुख आतिथ्यतामा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण भएको हो । त्यसैगरी कार्यक्रममा विशेष अथिती केन्द्रीय सदस्य दिलवरी राई र अथितीमा एमएनओ प्रदेश नम्बर एकका अध्यक्ष भास्कर चाम्लिङ रहेका थिए । मेचिनगर नगर सभाका प्रचार सचिव खम बहादुर राईले स्वागत मन्तव्य राखेको कार्यक्रममा अतिथि भास्कर चाम्लिङले पनि मन्तव्य राखेका थिए भने प्रमुख अथिती तामाङले उपस्थित मंगोलप्रेमी महानुभावहरुलाई प्रशिक्षण प्रदान गर्नु भयो । कार्यक्रममा अधिकांश श्रमजिवी मज्दुरहरूको उपस्थिती रहेकोले आजसम्म विदेशी शरणार्थी बाहुन क्षेत्रीले मज्दुरहरूका लागि बाहुनबादी खोक्रो नारा मात्र दिएको र मजदुरहरूलाई भोट बैंक मात्र बनाएकोले अब अस्तित्व सहित शासक बन्नु पर्ने कुरामा अतिथि जोड दिए जसको लागि मंगोल नेशनल अर्गनाइजेशन मात्र बिकल्प रहेको  तामाङले बताए ।

 

        यसैबीच प्रशिक्षण कार्यक्रमकोबीच ध्रुव गुरुङको अध्यक्षतामा नौं सदस्यीय घोडाजिन टोल सभा पनि गठन भएको छ । जसको सचिव र कोषाध्यक्षमा क्रमशः कमल तामाङ र लक्ष्मी मोक्तान छन भने सदस्यहरुमा प्रेम कुमार राई, कृष्ण कुमार राई, कुमार मगर, रोहित कुमार वि.क, रविलाल उराँव र प्रेम तामाङ रहेका छन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्