शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचिनगरको खरबस्तीमा मंगोल राष्ट्रवाद सम्बन्धि एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न

Mongol Vision News | 22 जून 2019

मेचिनगरको खरबस्तीमा मंगोल राष्ट्रवाद सम्बन्धि एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न

झापा/ मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर नगर वडा नम्बर १५ सभाको सक्रीयतामा मेचिनगर वडा नम्बर १४ स्थित खरबस्तीमा मंगोल राष्ट्रवाद सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

       22 जुन शनिवारका दिन मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर नगर सभाका अध्यक्ष सागर दर्जी मंगोलको सभाध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथिमा संगठनका केन्द्रीय सचिव सन्तोष तामाङ रहनु भएको थियो । त्यस्तै विशिष्ट अतिथिमा संगठनका केन्द्रीय सदस्य मेलिना तामाङ रहनु भएको थियो भने अन्य अतिथिमा प्रदेशन नम्बर एक सभाका सचिव सागर राई रहनु भएको थियो । मेचिनगर नगर सभाका सदस्य किशोर धिमालको स्वागत मन्तव्य संगै औपचारिक रुपमा शुरूवात भएको कार्यक्रममा मंगोलप्रेमी स्थानिय लोकहरुको उल्लेखनिय रुपमा उपस्थिति रहेको थियो ।

 कार्यक्रमका प्रमुख अतिथि तामाङ ज्युले उपस्थित महानुभावहरुलाइ देशको वास्तविक राजनिती समस्या वर्णभेदी नितिबारे प्रष्ट्याउनु हुँदै उक्त समस्याको समाधन मंगोल राष्ट्रवाद मात्र रहेको कुरामा जोड दिनुहुदै प्रशिक्षण प्रदान गर्नुभयो । त्यसैगरी बाहुन क्षेत्रीको शाब्दिक षडयन्त्र आदिवासी जनजाति र मूलवासी मंगोलबारे पनि प्रष्ट पार्नुभयो । बाहुन क्षेत्रीहरुले सैद्धान्तिक राजनितीको अफवाह फैलाए पनि कालान्तरमा सैद्धान्तिक राजनिती नभएर वर्णभेदी राजनिती गरेकोले यसको अन्तिम विकल्पनै एमएनओ रहेको प्रमुख अतिथी तामाङले बताउनु भएको थियो । उक्त प्रशिक्षण कार्यक्रम मेचिनगर नगर सभाका सहसचिव नर बहादुर राईले सन्चालन गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्