शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचीनगरको निन्दामा एमएनओको एकदिने खुल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न

Baneera Meche Mongol | 14 जनवरी 2019

मेचीनगरको निन्दामा एमएनओको एकदिने खुल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न

झापा/ मंगोल नेशनल अर्गनाइजेसन झापा, मेचीनगर नगरसभाको अायोजनामा मेचीनगर नगरपालिका निन्दा स्थित बालबिकास निमावि को चौरमा एकदिने खुल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
12 जनवरी शनिवार मंगोल नेशनल अर्गनाइजेसन झापा मेचीनगर नगरसभाका अध्यक्ष सागर दर्जीको सभाध्यक्षता एवम् संगठनका केन्द्रीय सचिव संन्तोष तामाङको प्रमुख अातिथ्यता साथै संगठनका केन्द्रीय सदस्य तथा केन्द्रीय अार्थिक विभाग सदस्य सान बहादुर मेचेको विशिष्ट अातिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा एमएनअो प्रदेश नं १ सभाका अध्यक्ष भास्कर चामलिङ राई, सचिव सागर राई र झापा जिल्ला सदस्य भरत राईको अातिथ्यता रहेको थियो।
    कार्यक्रमको प्रमुख अतिथि एवम् मुख्य प्रशिक्षक सन्तोष तामाङ र विशिष्ट अतिथि सान बहादुर मेचेले संयुक्त रुपमा उपस्थित भेलालाई प्रशिक्षण प्रदान गर्नु भएको थियो। प्रमुख अतिथि तामाङले मंगोल अस्तित्वको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो भने विशिष्ट अतिथि मेचेले मुलवासी, अादिवासी र जनजाति शब्दको अर्थ स्पष्ट पार्नु भएको थियो। धेरै समय अघि एमएनअो का संस्थापक युगपुरुष डा.गोपाल गुरुङ ज्युले मंगोलको बिरुवा रोपेर छाड्नु भएको उक्त ठाउँमा गोडमेल र निरन्तरताको अभावमा मंगोलको बिरुवा फस्टाउन नसकिरहेको अवस्थामा उक्त एकदिने खुल्ला प्रशिक्षण कार्यक्रमले मंगोलको बिरुवालाई फुलाउने,फलाउने महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ भन्ने अाशा मेचीनगर नगरसभाले व्यक्त गरेको छ।
उक्त प्रशिक्षण कार्यक्रममा एमएनओ प्रदेश नं १ सभाका अध्यक्ष भाष्कर चाम्लिङ राईले पनि संगठनको विषयमा अाफ्नो धारणा व्यक्त गर्नु भएको थियो। स्थानीय मुलवासी मंगोलहरुको उल्लेखनीय उपस्थिति रहेको प्रशिक्षण कार्यक्रममा मेचीनगर नगरसभाका सदस्यहरु सविना राई, रोसन लिम्बू, लालमोहन धिमाल, खम बहादुर राई र सल्लाहकार सन्तकुमार राई लगायतको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा मेचीनगर नगरसभाका कोषाध्यक्ष सन्देश राईले स्वागत मन्तव्य राखेको खुल्ला प्रशिक्षण कार्यक्रमलाई सचिव सिनारा मेचेले सञ्चालन गरेकी थिइन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्