आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचीनगरको धरधरेमा मंगोलको खुल्ला सभा

mongolvision | 9 अक्टोबर 2021

मेचीनगरको धरधरेमा मंगोलको खुल्ला सभा


सिनारा मेचे
झापा/ मंगोल नेसशन अर्गनाइजेशन मेचिनगर ३ नं वडासभा को आयोजना मा मेचिनगर ३ डाडागाउ, धरधरे मा एकदिने खुल्ला मंगोल सभाकार्यक्रम सम्पन्न भएको छ । 
सनिवार  २३ असोज का दिन  खगेन्द्र तामाङको अध्यक्षता   तथा  संगठन  केन्द्रिय सचिव सन्तोष तामाङआतिथ्यतामा उक्त मंगोल खुल्ला सभा कार्यक्रम सम्पन्न भएको थियो । सभाको  विशिष्ट अतिथी केन्द्रिय सदस्य जे.एम.थुलुङ,अतिथी मा १.न. प्रान्तीय सभा सदस्य देब धिमाल,झापा जिल्लासभा अध्यक्ष लासिम हाङ लिम्बू,सदस्य भानु धिमाल मेचिनगर अध्यक्ष सिनारा मेचे ,काेसाध्यक्ष नर बा.राई,प्रचार -प्रसार सचीव खम बा.राइ, सदस्यहरु लालमोहन धिमाल,रबिन्द्र लिम्बू, वीर बा.तामाङ रहनु थियो ।  खुल्ला सभा कार्यक्रम लाइ सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि तामाङले सबै नेता कार्यकर्ताहरु लाई चुनाव केन्दित कार्यक्रम गर्दै त्यसमा होमिन निर्देशन दिनु भएको छ । अब हुने जुन सुकै तहको चुनावको लागि आज बाटै तयारीमा लाग्नु हो , जित्ने गरि तयारीमा लाग्नु होस । त्यस्तै उहाले गाउँ गाउमा एम एनओको गतिविधि लाई सक्रियता पुर्बक संचाल्न गर्न पनि सबै कार्यकर्ताहरु लाई आह्वान गर्नु भयो । सभा लाई झापा जिल्ला सभाका अध्यक्ष लासिमहाङ मंगोल , मेची नगर अध्यक्ष सिनारा मेचे लगायतले पनि संगठनको बारेमा बोल्नु भएको थिय ।कार्यक्रम मा उपस्तिथि सम्पुर्ण लाई वडा सदस्य अमर सुनुवार ले स्वागत मन्तव्य द्वारा स्वागत गर्नुभएको थियो। खुल्ला सभाकै अवसर पारेर अजित पिठाकाेटे मगर को अध्यक्षतामा १६ सदस्यीय मगर  तदर्थ डाँडा टाेल सभा गठन भएको छ। तदर्थ टोल सभाका पदाधिकारीहरु लाई कार्यक्रमका प्रमुख  अतिथि तामाङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रममा डाडा गाउका स्थानीय मुलबासी जनसमुदायहरुको उल्लेखनीय उपस्थिति रहेको थियो
खुल्ला सभा लाई  वडा सभा सचीव सागर तामाङ ले संचालन  गरेका थिए।

मेचीनगरको धरधरेमा मंगोलको खुल्ला सभा

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्