शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचिनगरको विभिन्न स्थानमा एम. एन. ओ. को अन्तरक्रियात्मक कार्यक्रम

mongolvision | 24 जनवरी 2022

मेचिनगरको विभिन्न स्थानमा एम. एन. ओ. को अन्तरक्रियात्मक कार्यक्रम


         झापा/ मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर नगरसभाको आयोजनामा मेचिनगर नगरपालिकाको विभिन्न स्थानमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । निकट भविष्यमा हुन गइरहेको चुनावलाई लक्षित गर्दै मंगोल नेशनल अर्गनाइजेशनको राजनैतिक धारणा र उद्देश्यको बारेमा लोक समुदायमाझ स्पष्ट पार्न अन्तरक्रियात्मक कार्यक्रमलाई अगाडि बढाईएको मेचिनगर नगरसभा अध्यक्ष सिनारा मेचेले जानकारी दिनुभयो । 
             
            २४ जनवरी २०२२ का दिन मेचिनगरको वडा नं. २ स्थित जोगी डाँडामा र वडा नं. ४ स्थित माझी गाउँमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । उक्त अन्तरक्रियात्मक कार्यक्रममा एम. एन. ओ. केन्द्रिय सदस्य मेलिना तामाङ, १ नं. प्रान्तीय सभा सचिव सागर राई र झापा जिल्ला सचिव सागर दर्जी, मेचिनगर सभा अध्यक्ष सिनारा मेचे, सचिव किशोर धिमाल, प्रचारप्रसार सचिव खम बहादुर राई, सदस्यहरु सोमवीर तामाङ, वीर बहादुर तामाङ, मेचिनगर-२ वडा सभा अध्यक्ष पूर्णहाङ लिम्बूको उपस्थिति रहेको थियो । स्थानीय लोक समुदायहरुको सौहार्दपूर्ण उपस्तिथितिमा सम्पन्न अन्तरक्रियात्मक कार्यक्रममा मूलबासी मंगोलहरुको हक, अधिकार र अस्तित्व प्राप्तिको साथै मुलुकको दिगो विकास र समृद्धिको निमित्त अबको अन्तिम विकल्प नै मंगोल नेशनल अर्गनाइजेशन भएको हुनाले आगामी निर्वाचनमा कुखुराको भालेमा मतदान गर्नुपर्ने आवश्यकताको उठान भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्