आइतबार 5 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचिनगरमा एकदिने हाजिरिजवाफ कार्यक्रम सम्पन्न

Mongol Vision | 10 सेप्टेम्बर 2021

मेचिनगरमा एकदिने हाजिरिजवाफ कार्यक्रम सम्पन्न

झापा/ मंगोल नेसनल अर्गनाइजेसन मेचिनगर नगरसभा को आयोजना मा मेचिनगर-8 धिमाल बस्ति मा एकदिने हाजिरिजवाफ कार्यक्रम सम्पन्न भएको छ। संगठन को आधारभुत विषयमा नवपिढि हरुले पनि जानकारी पाइरहुन् भन्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम मा १० देखि १५ बर्ष उमेर समुहको 12 जना बिद्यार्थी हरु ले सहभागी जनाएका थिए भने सोधिएको जम्मा प्रश्नमध्य २५ वटा संगठन को आधारभुत विषय अन्तर्गत को र १६ वटा प्रश्न बाहिरि ज्ञान बाट राखिएको थियो। अत्यन्तै उर्जावान र कृयासिल रुपमा बालबालिकाहरुले सहभागिता जनाएको उक्त कार्यक्रम को सभाअध्यक्षता नगरसभाका अध्यक्ष सिनारा मेचे ले गर्नुभएको थियो भने प्रमुख अतिथि १नं प्रदेश सभाअध्यक्ष भाष्कर चाम्लिङ रहनुभएको थियो।कार्यक्रम मा स्वागत मन्तब्य नगरसभा सदस्य रबिन्द्र लिम्बु ले राखेका थिए भने कार्यक्रम संचालन नवनिर्वाचित जिल्ला सदस्य सागर दर्जि र नगरसचिव किशाेर धिमालले संयुक्त रुपमा गर्नुभएको थियो।

मेचिनगरमा एकदिने हाजिरिजवाफ कार्यक्रम सम्पन्न

सहभागी नानिहरुलाई पुरस्कार को रुपमा कापि,कलम ,पेन्सिल र संगठनको अस्तित्वको खोज मंगोल को र एम एन ओ मा डक्टरेट पि एच डि नामक पुस्तक प्रदान गरिएको थियो। साथै कार्यक्रमकै अवसर पारेर नवनिर्वाचित जिल्ला सदस्य सागर मंगोल लाई बधाई तथा सुभकामना दिने काम पनि भएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्