सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचिनगरमा एम.एन.ओ. को प्रशिक्षण साथै वडा सभा गठन

mongolvision | 6 मार्च 2022

मेचिनगरमा एम.एन.ओ. को  प्रशिक्षण साथै वडा सभा गठन


झापा/ मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर नगरसभाको आयोजनामा मेचिनगर -१० स्थित राजवंशी गाउँ,धुलाबारी मा एकदिने मुलवासी मंगोल विषयक प्रशिक्षण साथै वडा सभा गठन कार्यक्रम सम्पन्न भएको छ। 

 ५ मार्च २०२२ शनिवार को दिन सम्पन्न उक्त कार्यक्रममा मेचिनगर सभाअध्यक्ष सिनारा मेचेको सभाअध्यक्षता एवं संगठनका १ नं. प्रान्तीय सभाका सचीव सागर राई ज्यु को प्रमुख आतिथ्यता रहेको थियो।
प्रमुख अतिथीले उपस्थित लोकसमुदाय लाई मानव उत्पत्ति, अस्तित्व र पहिचानबीचको फरक, मंगोल नेशनल अर्गनाइजेशनको ऐतिहासिक पृष्ठभुमि, नेपालको राजनैतिक परिवर्तनमा एम.एन.ओ. को भुमिकाको बारेमा प्रष्ट्याउँदै मुलुकको वास्तविक विकास र निकासको निम्ति अब जनताले एम.एन.ओ. लाई रोज्नुको विकल्प नरहेको बताउनुभयो ।   प्रशिक्षण कै अवसर पारेर गञ्ज राई को संयोजकत्वमा ७ सदस्यीय मेचिनगर-१० तदर्थ वडा सभा गठन गरिएको छ । उपस्थित लोकसमुदायलाई नगरसभा काेषाध्यक्ष  नर बहादुर राईले स्वागत मन्तव्य द्वारा स्वागत गरेका थिए भने सचीव किशोर धिमाल ले कार्यक्रम संचालन गरेका थिए।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्