मङ्गलबार 30 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचिनगरमा एम. एन. ओ. को तीव्र चुनावी अभियान

mongolvision | 26 मार्च 2022

मेचिनगरमा एम. एन. ओ. को तीव्र चुनावी अभियान


झापा/ मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर नगरसभाको आसन्न स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै तीव्र रुपमा चुनावी अभियान थालेको छ । स्थानीय तहको निर्वाचनमा जीत हासिल गर्ने उद्देश्यका साथ प्रचारप्रसार, गठन, अन्तरक्रियात्मक जस्ता कार्यक्रमलाई अगाडि बढाउँदै चुनावी अभियानलाई तीव्रता दिएको मेचिनगर सभाका अध्यक्ष सिनारा मेचेले जानकारी दिनुभयो । 
यसै क्रममा २६ मार्च २०२२ का दिन मेचिनगर-१२ तदर्थ वडा सभा गठन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम मेचिनगर सभा अध्यक्ष सिनारा मेचेको अध्यक्षतामा एवं संगठनका केन्द्रिय सदस्य श्याम लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा अतिथि जिल्ला सभा झापाका सचिव सागर दर्जीले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लिम्बूले अबको निर्वाचनमा आफ्नो साझा सत्रुलाई चिन्दै एम. एन. ओ. लाई निर्धक्कका साथ भाले चिन्हमा मतदान गरी विजय बनाउन आव्हान गर्नुभयो । कार्यक्रमकै बिच निर्मल कुमार लिम्बूको संयोजकत्वमा ८ सदस्यीय मेचिनगर-१२ तदर्थ वडा सभा गठन भएको छ । 
मेचिनगर वडासभा 15 को विभिन्न स्थानमा कार्यक्रम सम्पन्न।

झापा/ मेचिनगर वडा सभा १५ को आयोजना मा पालिया डाँडा र कालिका झार मा  एम.एन.ओ. को  प्रशिक्षण साथै अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न।

त्यसैगरी २६ मार्चकै दिन मंगोल नेशनल अर्गनाइजेशन मेचिननगर वडा सभा १५ को आयोजनामा पालिया डाँडा मा एकदिने मुलवासी मंगोल विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम वडा सभा अध्यक्ष हिमाल मेचेको सभाअध्यक्षतामा एवं संगठनका केन्द्रिय सदस्य सान बहादुर मेचे ज्यु को प्रमुख आतिथ्यता सम्पन्न भएको थियो।
प्रमुख अतिथीले उपस्थित लोकसमुदाय लाई मानव उत्पत्ति,अस्तित्व,पहिचान र इतिहास,मुलुकमा एम.एन.को. को आवश्यकता,मुलुकमा एम.एन.ओ.को उदय हुनुको कारण, संगठन को उद्देश्य र मंगोल नेशनल अर्गनाइजेशनको ऐतिहासिक पृष्ठभुमि,नेपाली राजनीतिक परिवर्तन मा एम.एन.ओ. को भुमिकाको बारेमा प्रशिक्षण प्रदान गर्नुभयो । उहाँले एम.एन.ओ. लाई रोज्नुको विकल्प नरहेको बताउदै आसन्न स्थानीय चुनाव मा एम.एन.ओ.को उम्मेद्वारहरु लाई जिताउन चुनाव चिन्ह कुखुराको भालेमा मतदान गर्न आव्हान गर्नुभयो । कार्यक्रममा अतिथिहरु  मेचिनगर सभा सदस्य रेवत मगर, मेचिनगर-७ वडा सभाअध्यक्ष मिङमा तामाङ रहनु भएको थियो । मेचिनगर-१५ वडा सभा सचिव दिलिप राजबंशीले स्वागत मन्तव्य राखेको कार्यक्रम  नगरसभा काेषाध्यक्ष नर बहादुर राईले सञ्चालन  गरेका थिए।
त्यसैगरी वडा सभा १५ कै आयोजनामा कालिकाझारमा संगठनका केन्द्रिय सचीव सन्तोष तामाङको प्रमुख आतिथ्यतामा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्