शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचिनगरमा एम. एन. ओ. को तीव्र चुनावी प्रचारप्रसार

mongolvision | 12 अप्रिल 2022

मेचिनगरमा एम. एन. ओ. को तीव्र चुनावी प्रचारप्रसार


झापा/  झापाको मेचिनगर नगरपालिकामा मंगोल नेशनल अर्गनाइजेशनको तीव्र चुनावी प्रचारप्रसार भइरहेको छ । आसन्न २०७९ साल वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेचिनगरबाट जित हासिल गर्ने उद्देश्यका साथ मेचिनगरका सम्पूर्ण क्षेत्रहरुमा वडासभाहरुलाई परिचालन गर्दै घरदैलो, अन्तरक्रिया, प्रशिक्षण साथै सभागठन कार्यक्रम भइरहेको र विभिन्न पार्टीहरु परित्याग संगठनमा प्रवेश गर्ने व्यक्तिहरूको लर्को लागिरहेको मेचिनगर नगरसभा अध्यक्ष सिनारा मेचेले बताईन । 
यसै क्रममा मेचिनगर-१ मा  स्थानीय नर बहादुर राईको सभाअध्यक्षतामा एवं केन्द्रिय सचीव सन्तोष तामाङको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बिशिस्ट अतिथीकेन्द्रीय सदस्य मेलिना तामाङ,अतिथिहरु प्रान्तीय सभा १ का अध्यक्ष भाष्कर चाम्लिङ, जिल्ला सभा झापाकी अध्यक्ष बानिरा मेचे, प्रचार प्रसार सचीव भानु धिमाल रहनु भएको थियो। 
प्रमुख अतिथी ले उपस्थित लोकसमुदाय लाई  मुलुकमा यससमय बाहुनवादीहरु सल्बलाइरहेकोले लोकतन्त्रको असलि पहरेदार एम.एन.ओ. लाई  सबैले बिश्वास गर्नुपर्ने समय आएको बताउनु भयो । स्थानिय तहमा पनि लोकतन्त्रको असली अभ्यास गर्नको निम्ति एम.एन. ओ. को  उम्मेद्वारहरु लाई चुनाव चिन्ह कुखुराको भालेमा मतदान दिएर अत्यधिक बहुमतले बिजय गराउन आव्हान गर्नु भयो । कार्यक्रममा विशिष्ट अतिथी भाष्कर राई, अतिथी बानिरा मेचे र मेचिनगर सभा सचिव किशोर धिमालले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमकै बिच  नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि नर बहादुर राई र लिला राई ले संगठन को साधारण सदस्यता लिइ प्रवेश गरेका छन् । 
त्यसैगरी एन.एन.ओ. मेचिनगर वडा सभा २ को आयोजनामा लुङ्गेली गाउँमा वडा सभा अध्यक्ष पुर्णहाङ लिम्बूको सभाध्यक्षतामा  एवं  संगठनका केन्द्रीय सचीव सन्तोष तामाङको प्रमुख आतिथ्यतामा आसन्न स्थानीय चुनाव लाई लक्षित गरी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रमकै बिच राम बहादुर आलेको अध्यक्षतामा ११ सदस्यीय ध्रुवतारा  टोलसभा गठन सम्पन्न भएको छ।
त्यसैगरी मेचिनगर-१३ वडा सभाको आयोजनामा वडा सभा अध्यक्ष मोहन लिम्बूको सभाध्यक्षतामा एवं एम. एन. ओ. जिल्ला सभा सचिव सागर दर्जीको प्रमुख आतिथ्यतामा मेचिनगर-१३ स्थित ओरगति टोलमा प्रशिक्षण कार्यक्रम समोअन्न भएको छ । कार्यक्रममा मेचिनगर नगरसभाका सदस्य रेवतसेन हात्तीमारा मगरको पनि आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रशिक्षणको दौरानमा प्रमुख अतिथिले मानव उत्पत्ति, अस्तित्व र पहिचान, एम. एन. ओ. को राजनैतिक धाराणा र उद्देश्यको बारेमा प्रष्ट्याउनुभएको थियो । उहाँले आसन्न स्थानीय तहको निर्वाचनमा मुलुकको दिगो विकास र समृद्धिको निमित्त आफ्नो अमुल्य मत भाले चिन्हमा खसाल्नुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रमकै बिच चन्द्र प्रकाश सुब्बाको अध्यक्षतामा १० सदस्यीय एम. एन. ओ. को टोलसभा गठन गरिएको छ । सचीवमा चन्द्र कला लिम्बू, काेषाध्यकक्षमा सरिता लिम्बू, सल्लाहकारमा जय प्रसाद थेबे, सदस्यहरुमा पत्थारु राजबंशि ,मधुराज चोङ्बाङ,दमकलाल राजबंशि, रविन लिम्बू,मनकुमारी लिम्बू,ललिता खेवाङ रहनुभएको छ । स्थानीय लोक समुदायको सौहार्दपूर्ण उपस्थितिमा सअम्पन्न उक्त कार्यक्रम मेचिनगर अध्यक्ष सिनारा मेचेल्व सञ्चालन गरेकी थिइन ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्