बुधबार 22 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचिनगरमा प्रशिक्षण कार्यक्रम सम्पन्न

Sanjuhang Mongol | 27 अप्रिल 2019

मेचिनगरमा प्रशिक्षण कार्यक्रम सम्पन्न

झापा / मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर सभाको आयोजनामा मेचिनगर नगरपालिका वार्ड नम्बर ६ स्थित सतिघट्टामा एक दिने मूलबासी मंगोल विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रमको सभाध्यक्ष मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर सभाका अध्यक्ष सागर दर्जी रहनुभएको थियो । कार्यक्रमका प्रमुख अथिती केन्द्रीय सचिव सन्तोष तामाङ रहनु भएको थियो । सम्पुर्ण उपस्थित मूलबासी मंगोल लोकसमुदायहरुमा मानव अस्तित्व र मूलबासी मंगोलको विषयमा बिस्तृत रुपमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा विशिष्ट अथितीको रुपमा बैकल्पिक केन्द्रिय सदस्य देबेन्द्र साम्पाङ र अतिथिमा मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाका अध्यक्ष लासिमहाङ मंगोल हुनुहुन्थ्यो । यसैगरी मेचिनगर सभाको सहसचिव नर बहादुर राई, सदस्य किशोर धिमाल, सल्लाहकार अशोक तामाङ र सक्रिय सदस्य बि. बि. गुरुङ को पनि उपस्थिति रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्