बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचिनगरमा प्रशिक्षण साथै वडा सभा पुनर्गठन

mongolvision | 20 मार्च 2022

मेचिनगरमा प्रशिक्षण साथै वडा सभा पुनर्गठन

 

झापा/ झापाको मेचिनगर नगरपालिका वडा नं. ९ स्थित  लिलावस्तीमा एम.एन.ओ. को  प्रशिक्षण साथै वडा सभा पुनर्गठन  कार्यक्रम सम्पन्न सम्पन्न भएको छ । 
म19 मार्च 2022 शनिवारका दिन मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर नगरसभा र तदर्थ वडा सभा ९ को  संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा तदर्थ वडा सभा अध्यक्ष देब बहादुर तामाङको सभाअध्यक्षता एवं संगठनका प्रान्तिय सभा १ का सचिव सागर राईको प्रमुख आतिथ्यता रहेको थियो।
प्रमुख अतिथी ले उपस्थित लोकसमुदाय लाई मानव उत्पत्ति, इतिहास, मुलुकमा एम.एन.ओ.को उदय हुनुको कारण र वर्तमान समयमा यसकि आवश्यकता , मंगोल नेशनल अर्गनाइजेशनको उद्देश्य र ऐतिहासिक पृष्ठभुमि, नेपाली राजनीतिक परिवर्तनमा एम.एन.ओ. को भुमिकाको बारेमा प्रष्ट पार्दै  मुलुकको वास्तविक विकास र निकास को निम्ति अब जनता ले एम.एन.ओ. लाई रोज्नु को विकल्प नरहेको बताउनुभयो । मन्तव्यको क्रममा नगरसभा अध्यक्ष सिनारा मेचेले  अबको समयमा मुलवासी मंगोलले आफूलाई पनि चिनेको र मुख्य सत्रु पनि चिनेको कारण एम.एन.ओ.को   लडाइ शत प्रतिशत जित तर्फ उन्मुख रहेकोले सबैले एम.एन.ओ.लाई आँखा चिम्लेर बिश्वास गर्ने समय आएको बताउनुभयो ।
कार्यक्रमकै बिच देब बहादुर तामाङको अध्यक्षतामा १४ सदस्यीय मेचिनगर-९ वडा सभा पुनर्गठन गरिएको छ । कार्यक्रममा  वडासभा सदस्य निम्तेन्जी शेर्पाले स्वागत  मन्तव्य राखेका थिए भने नगर सचिव किशोर धिमालले कार्यक्रम संचालन गरेका थिए।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्