mongolvision | 30 अक्टोबर 2021
झापा/ मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर -७ वडा सभाले आफ्नो वडा सभा कार्यलय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम वडासभा अध्यक्ष मिङमा तामाङ को सभाध्यक्षतामा र संगठन केन्द्रिय सचीव सन्तोष तामाङ ज्यु को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । २९ अक्टोबर २०२१ शुक्रबारका दिन मेचिनगर -७ स्थित इटाभट्टामा एक औपचारिक कार्यक्रमको बिचमा कार्यालय उद्घाटन भएको थियो । कार्यक्रम को विशिष्ट अतिथी मेचिनगर नगरसभा अध्यक्ष सिनारा मेचे रहनुभएको थियो भने अतिथीमा मेचिनगर - २ वडासभा अध्यक्ष पुर्णहाङ लिम्बू रहनु भएको थियो ।
कार्यक्रम का प्रमुख अतिथीको बाहुली बाट रिबन काटि कार्यालय समुद्घाटन भएको थियो भने विशिष्ट अतिथीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथी तामाङले मंगोलहरु यसरी नै सङगठित भएर संस्थागत रुपले अघि बढ्नुपर्ने कुरामा जोड दिनुभयो । उक्त कार्यक्रममा वडासभा सल्लाहकार बाघ सिंह तामाङले स्वागत मन्तव्य द्वारा उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन वडासभा सचीव दिल बहादुर राई ले गर्नुभएको थियो।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology