शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचिनगरपालिका वडा नं. ४ मा एम. एन. ओ.

mongolvision | 24 मार्च 2022

मेचिनगरपालिका वडा नं. ४ मा एम. एन. ओ.


झापा/ मेचिनगर नगरपालिका वडा नं. ४ स्थित गोलेगाउँमा सप्पन्न एक कार्यक्रम बिच एम. एन. ओ. को वडा सभा गठन भएको छ । 
उक्त कार्यक्रम मेचिनगर नगरसभा अध्यक्ष सिनारा मेचेको सभाध्यक्षतामा एवं संगठनका केन्द्रिय सचिव सन्तोष तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथि १ नं. प्रान्तीय सभा सदस्य देव धिमाल रहनुभएको थियो भने अतिथिमा झापा जिल्ला सचिव सागर दर्जी रहनुभएको थियो । 
कार्यक्रममा अतिथि सागर दर्जीले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङले अबको समय मंगोलहरुले आफ्नो र भावी सन्ततिको भविष्य सुनिश्चित गर्दै मुलुकको दिगो विकास र उन्नतिको निमित्त एम. एन. ओ. मा आवद्ध हुनुपर्ने कुरा जगजाहेर गर्दै आसन्न स्थानीय निर्वाचनमा भाले चिन्हमा मतदान गर्न सम्पूर्णमा आव्हान गर्नुभयो । 
काजीमान आले मगरको अध्यक्षतामा १३ सदस्यीय एम. एन. ओ. मेचिनगर-४ वडा सभा गठन भएको छ । सचिव, कोषाध्यक्ष,सहसचिव, प्रचारप्रसार सचिवमा क्रमशः निमा दोर्जे तामाङ, प्रतिमा तामाङ, गंगा तामाङ, नर बहादुर राई रहनुभएको छ । सदस्यहरुमा संगम तामाङ ,वीर बहादुर मगर, सन्तोष तामाङ, मान बहादुर तमाङ, प्रेम तामाङ, ललिता तामाङ, बिनिता तामाङ र अनिता तामाङ रहनुभएको छ । नवगठित पदाधिकारीहरुलाई प्रमुख अतिथि तामाङले खदा लगाई स्वागत गर्नुको साथै पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो । उक्त कार्यक्रममा नगर सहसचिव खम बहादुर राईले स्वागत मन्तव्य राख्नुभएको थियो भने नगर सदस्य सोमवीर तामाङले सञ्चालन गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्