शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोल अस्तित्व र अधिकारको निम्ति चुनाव चिन्ह भालेमा मतदान गर्न आह्वान

Mongol Vision News | 28 नोभेम्बर 2019

मंगोल अस्तित्व र अधिकारको निम्ति चुनाव चिन्ह भालेमा मतदान गर्न आह्वान

काठमाडौ / मंसिर १४ गते हुने उप- निर्वाचनको प्रचार प्रसारको आज अन्तिम दिन मंगोल नेसनल अर्गनाइजेशनका उम्मेदवारहरुले पनि विभिन्न चुनावी कार्यक्रमहरु गर्दै आफुहरुलाई मत मागेका छ्न ।

    बुधबार हिजो एमएनओका उमेदवारहरुले आफनो अन्तिम चुनावी र्याली कार्यक्रम सहित सभाहरु सम्पन्न गरेको थियो । कास्की क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रियाज गुरुङले पोखरा महानगरको विभिन्न वाडहरुमा घरदैलो कार्यक्रम गर्दै लोक समक्ष आफुलाइ एमएनओको चुनाब चिन्ह कुखुराको भालेमा मत दिन अनुरोध गर्नु भयो ।

 

त्यस क्रममा उहाँले मंगोलहरुको हक, अधिकार र अस्तित्वको निम्ति एमएनओको विकल्प नभएको कुरा बताउदै मत माग्नु भयो । घर दैलो कार्यक्रममा सयौंको संख्यामा मंगोल नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो । त्यस्तै दाङको क्षेत्र नं. ३ ख प्रदेश सभा सदस्य उम्मेदवार घनश्याम चौधरीले पनि त्यस क्षेत्रमा अन्तिम कार्यक्रम गर्दै आफुलाइ मत दिन लोक समक्ष अनुरोध गर्नु भयो भने बागलुङ क्षेत्र नं. २ ख प्रदेश सभा सदस्य उम्मेदवार मित्र घर्ती मगरले पनि आफनो अन्तिम चुनावी कार्यक्रम सम्पन्न गरेको छ ।

 

त्यसैगरी विभिन्न स्थानीय तहका उमेदवारहरुले पनि आ-आपनो ठाउँमा विभिन्न कार्यक्रमहरु गरेका छ्न । मंगोल नेसनल अर्गनाइजेशनले यस उप-निर्वाचनमा १ प्रतिनिधि सभा सदस्य, २ प्रदेश सभा सदस्य, १ गाउँ पालिका अध्यक्ष र ४ वाड अध्यक्ष पदमा आफ्नो उम्मेदवार उठाएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्