Mongolvision | 2 अप्रिल 2025
२ अप्रिल २०२५,बुधबार
सागर मंगोल
मंगोल नेशनल अर्गनाइजेशनका ऐतिहासिक मंगोल गायक पृथी मुखियालाई संगठनद्वारा जग्गा प्रदान गरिएको छ । संगठनले इलाम जिल्ला सुर्योदय नगरपालिका वडा नं. ९ स्थित ढोडेको ३ लाख ७० हजार बराबरको १ रोपनी जग्गा प्रदान गरेको हो । मुखियालाई जग्गा प्रदान गर्नको निमित्त संगठनका प्रेसिडेन्ट बुद्धलाल मेचे सहितको टोली आज इलाम जिल्ला सदरमुकाम मालपोत कार्यालयमा पुगेको थियो । टोलीमा केन्द्रिय सर्वोच्च सभा सदस्यद्व्य गणेश राई, दिलीप धिमाल, केन्द्रिय सदस्य लासिमहाङ मंगोल, कोशी प्रान्तीय सदस्य भानु धिमाल, झापा जिल्ला अध्यक्ष सागर दर्जी, इलाम जिल्ला सदस्य तेजेन्द्र वानेम रहेको स्रोतले जनाएको छ ।
पृथी मुखिया २०४७ सालदेखी २०५८ सालसम्म निरन्तर रुपमा इलाम र झापाको प्रत्येक मंगोल नेशनल अर्गनाइजेशनको कार्यक्रमहरुमा आफ्नो जादुमयी स्वरबाट गीतको माध्यमबाट मंगोल दर्शन बाड्ने गायक हुन । झापा र इलामका थुप्रै मंगोल सुभेच्छुकहरु अझै नि साक्षी छ्न पृथी मुखियाको गीत सुन्ने, २०४७ साल त्यसताका झापा र इलामका मूलबासी मंगोलहरुले पृथी मुखियाका गीतहरुबाट मंगोलवाद दर्शनालाई बुझे र संगठित पनि बने । एक दशक सम्म विषम राजनैतिक परिवेशमा पनि महामानव ड. गोपाल गुरुङ्लाई उहाँले कला र गलाले साथ दिइराख्नुभयो । उहाँको केही समय अगाडी मात्रै मंगोल भिजन टिमले "जै मंगोल छ है हे मंगोल तिमीलाई" गीत सार्वजनिक गरेको थियो जुन अत्यन्तै ऐतिहासिक र लोकप्रिय बन्यो ।
प्रेसिडेन्ट बुद्धलाल मेचे भन्नुहुन्छ : महामानव ड. गोपाल गुरुङ ज्युकै रोजाइमा पर्न सफल गायक हो पृथी मुखिया, महामानव ड. गोपाल गुरुङ र एमएनओ लाई पद, पैसा कुनै पनि प्रलोभनमा नफसी लगाउनुभएको गुण तिर्नुपर्ने थियो यसकारण जीवनको उतरार्धमा उहाँको व्यक्तिगत जीवन र उहांको परिवारको आवश्यकतालाई महसुस गरि जग्गा प्रदान गर्यौ । यो हाम्रो कर्तव्य र दायित्व संगै आउने पिढीँलाई निस्वार्थ त्यागको मंगोल संस्कार हस्तान्तरण गर्नलाई हो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology