बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोल ११ को बिजय शुरूवात

Mongol Vision News | 19 अगस्ट 2019

मंगोल ११ को बिजय शुरूवात

फिदिम/ पाँचथरको फालेलुङ ८ आकाशे भञ्ज्याङमा भदौरे मेलाको अवसरमा त्रीशक्ती युवा क्लब फालेलुङको आयोजनामा फूटबल प्रतियोगिता शुरूवात भएको छ । ३१ गते देखि शुरूवात भएको उक्त प्रतियोगीता आगामी भाद्र ५ गते सम्म सन्चालन हुने आयोजक समितिले बताएको छ । आज भएको खेलमा मंगोल ११ ले न्यु स्टार फालेलुङ ८ पान्थरलाई एक विरुद्ध तीन गोल अन्तरले हराएको छ । यो जीत संगै मंगोल ११ ले आफ्नो बिजय यात्रा शुरु गरेको हो । मंगोल ११ ले यो प्रतियोगितामा पहिलो सहभागीता गरेको हो । मंगोल ११ ले पहिलो हाफमा खेल आफ्नो पक्षमा राखे पनि दोश्रो हाफमा मात्र विशाल राईको गोलमा खाता खोल्न सफल भएको थियो । दोश्रो हाफमा मंगोल ११ ले न्यु स्टार फालेलुङलाई निक्कै दबाबमा राखेको थियो । खेलमा दबाबलाई कायमै राख्दै मंगोल ११ का विशाल राईले पुनः एक गोल गर्दै आफ्नो नाममा दुई गोल जोडे । दोश्रो हाफको अन्त्य तिर केही लयमा फर्किएका न्यु स्टार फालेलुङले खेलको अन्त्य तिर एक गोल फर्काएर खेलमा फर्किने कोशिस गरेको थियो । तर न्यु स्टार फालेलुङले त्यहीँ लयलाई कायमै राख्न नसख्दा मंगोल ११ का म्हाम नेम्बाङले एक गोल थप्दै तीन एकको नतिजा बनाउँदै मंगोल ११ बिजय भएको थियो । जीत पछि मंगोल ११ का क्याप्टेन जलकुमार गुरुङले अर्को खेलमा अझ राम्रो खेल पस्कने कुरा मंगोल भिजनलाई बताए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्